Home / प्रवास / फोर्ब्सले छान्यो विश्वका १०० शक्तिशाली महिला : १ नम्बरमा जर्मन चान्सलर एञ्जिला मर्केल

फोर्ब्सले छान्यो विश्वका १०० शक्तिशाली महिला : १ नम्बरमा जर्मन चान्सलर एञ्जिला मर्केल

वासिङटन । अमेरिकी विजनेस म्यागेजिन फोर्ब्सले विश्वका १ सय जना शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसको १ नम्बरमा जर्मन चान्सलर एञ्जिला मर्केल परेकी छन् ।

दोस्रो नम्बरमा युरोपियन सेन्ट्रल बैंकका प्रमुख क्रिश्चियन लेगार्डे परेकी छन् भने तेस्रो नम्बरमा अमेरिकी सभामुख नान्सी पेलोसी छन् । चौथो नम्बरमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियेन परेकी छन् भने पाँचौं नम्बरमा अमेरिकाकी मेरी बार्रा परेकी छन् ।

बार्राले विद्युतीय भेइकल, सेल्फ ड्राइभिङ कार लगायतमा अर्बौं लगानी गरेकी छन् । यसैगरी दक्षिण एसियाबाट बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद २९ औं नम्बरमा परेकी छन्  भने भारतकी अर्थमन्त्री निर्मला सिथारमण ३४ औं नम्बरमा परेकी छन् । फर्बिजको अन्तिम तथा १ सय नम्बरको सूचीमा स्विडेनकी वातावरणसम्बन्धी अभियन्ता ग्रेटा थनबर्ग समेत परेकी छन् ।

(बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*