Home / Feature Breaking news / सिडिओले भने­ ‘पहिले स्वच्छ पानी’

सिडिओले भने­ ‘पहिले स्वच्छ पानी’

दाङ, ७ साउन

प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले सवैभन्दा पहिलो आवस्यकता उपभोक्ताहरुलाइ सहज पिउने पानी उपलव्ध गराउने राज्यको दायित्व भएको भन्दै अन्य भौतिक विकाश निर्माणलाइ पनि व्यवस्थापन गरीने बताएका छन् । एकसात अघि लेदो पानी बोकेर आएका वेलझुण्डि खानेपानी उपभोक्ताहरुलाइ हप्ताभित्रै स्वस्छ पानीकालागी आफुले समन्वयकारी भुमिका निर्वाह गर्ने भन्दै सोमवार आफ्नै कार्यालयमा सरोकारवाला निकायलाइ बैठक बोलाएका थिए ।

सरोकारवाला निकायको बैठकमा डिभिजन खानेपानी कार्यालयका प्रमुख, सडक कार्यालयका प्रतिनिधि, सोनापुर सिमेन्ट उद्योग कार्यालयका अधिकारीहरु, सन्चारकर्मिहरु तथा वेलझुण्डि खानेपानी उपभोक्ता समितिका पदाधिकारी र स्थानिय निकायका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सवै सरोकारवाला निकायका प्रतिनिधिहरुले वेलझुण्डी खानेपानीको मुहान संरक्षणमा अफ्नो मात्रै दायित्व नभएको भन्दै यसलाइ सामुहिक दायित्वका रुपमा लिन आग्रह गरेका थिए ।

केही महिना अघि शान्तिनगर गाउंपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालालाइ मध्यनजर गर्दै धमिलो पानी बोकेर आएका वेलझुयिड खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी, सोनापुर सिमेन्ट, खानेपानी डिभिजन कार्यालयका प्रमुख तथा सडक डिभिजन कार्यालयका पदाधिकारीहरुबीच मतविभाजन देखिएको थियो ।

सवै निकायले त्यसको व्यवस्थापन गर्न आफु माताहतको कार्यालयमा बजेट नभएको कांचो अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यो एउटा राज्यको सामुहिक अभियान भएको भन्दै स्वस्थ खानेपानीलाइ पनि आफ्नो विकाश बजेटमा राख्न आदेश दिंदै तत्काल उच्चस्तरीय कार्यदल बनाउन आव्हान गरेका थिए ।

प्छिल्लो समयमा सोनापुर सिमेन्टको खानी क्षेत्रमा सडक यातायात पहुंच पुराउन नेपाल सरकारले उद्योग मन्त्रालय मार्फत बजेट विनियोजन गरेको थियो । जुन बजेट यातायात मन्त्रालयको थिएन । तर कार्यक्रममा सहभागि सोनापुर सिमेन्टका सन्चालक देवी प्रसाद मैनालीले सो सडक जनताको पहुंचको सडक भएको अभिव्यक्ति दिंदै खानेपानीको मुहान पुरीएको संपुर्ण जिम्मेवारी सोनापुर सिमेन्ट उदोगले लिन नसक्ने बताए ।

यद्धपि नेपाल सरकारले सन्चालन अनुमुति दिएका सिमेन्ट उद्योगहरुको खानी क्षेत्रसम्म सहज सडक पु¥याउन उदोग मन्त्रालय मार्फतको बजेट पारेको हो, तर त्यसको निर्माणको व्यवस्थापन भने सडक डिभिजन कार्यालयले लिएको छ । जुन जनताको सडक भन्दो पनि औद्योगिक खानीक्षेत्र जोड्न प्रार्थमिकतामा राखिएको सडक हो ।

त्यसै अवसरमा मध्यपश्चिम सडक डिभिजन कार्यालयका साइड इन्जिनियरले वेलझुण्डि खानेपानीको मुहान सडक खन्दाको कारण नविग्रिएको अभिव्यक्ति दिंदै खानेपानीको मुहान जोगाउने सवालमा आफ्नो कार्यालयले कुनै बजेट विनियोजन गर्न नसक्ने बताइन् । यद्धपि उनलाइ खानेपानी योजनालाइ सडक खन्दाको असरका विषयमा पुरा जानकारी थिएन ।

त्यसैगरी खानेपानीका डिभिजन प्रमुख चोक प्रसाद धितालले खानेपानी प्रशोधनकालागी जिल्लामा केहि बजेट ल्याउन सकिने भन्दै मुहानै पुर्नेगरी सडक खन्दाको जिम्मेवारीलाइ सवै सरोकारवाला कार्यालयहरुले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । साथै उनले खानेपानीको ट्रिटमेन्ट प्लान्ट सडक खन्दाका क्रममै बगेको लेदोका कारण भएको भन्दै यसमा सडकले पनि आफ्नो आन्तरीक कार्यक्रममा बजेट माग गर्नुपर्ने बताए ।

खासमा पछिल्लो समयमा सडक खन्दाको समयमा त्यहांबाट लेदोमाटो वगेर करोडौं रुपैया राज्यको लगानी भएको पानी प्रशोधन प्लान्ट समेत काम नलाग्ने भएको छ । अहिले वेलझुढिड खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत वितरण गरीएका करीव एक हजार पचास धाराबाट कम्तिमा १७ हजार उपभोक्ताहरुले धमिलो पानी खाइरहेका छन् । यो सन्दर्भमा वेलझुण्डि खानेपानी अत्यन्तै गम्भीर भएको जनाएको छ ।

जनतालाइ स्वस्छ र स्वस्थ खानेपानी उपलव्ध गराउने सवालमा मुहानमै लेदो पानी आएको अवस्थामा आफुहरु अत्यन्तै समस्यामा परेको वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतमले बताए । सोहि अवसरमा बोल्दै स्वस्थ खानेपानीका सवालमा आफुहरुले निरन्तर सहयोग गर्ने वडाध्यक्ष थलराज पुरी र राम वहादुर योगीले जनाएका छन् ।

समस्या समाधानका लागि कार्यदल गठन

यसैबीच प्रमुख जिल्ला अधिकारी श्रेष्ठको आग्रहमा स्वस्थ खानेपानीकालागी कार्यद गठन भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर तिलक न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ ।

सडक डिभिजनका इन्जिनियर क्षितिज पोख्रेल, वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतम, १९ नं. वडाका वडाध्यक्ष रामवहादुर योगी र सोनापुर सिमेन्टका प्रतिनिधि रेमन्त ढकाल सहितको कार्यदल गठन भएको छ । सो कार्यदलले कम्तिमा एकसाता भित्रै प्रतिवेदन दिने र थप कार्ययोजना अघि बढाइने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*