Home / Feature Breaking news / संजीवनी कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजा जिम्मा

संजीवनी कलेजले लियो कोरोनाका बिरामी र स्वास्थ्यकर्मीको खाजा जिम्मा

घोराही, १ जेठ

सञ्जवनी कलेज घोराहीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई महिनाको खाजा खर्च सहयोग गर्ने भएको छ ।

नेपाल सञ्जीवनी ईन्स्च्यिूट अफ हेल्थ साईन्स प्रा.लिले राप्ती कोरोना भाईरसको महामारीको समयमा राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी र कोरोनाका बिरामीहरुको दुई महिनाको खाजाखर्च बेहोर्ने भएको छ ।

प्रालिको बैठकले प्रतिष्ठानमा कोरोना भाईरस संक्रमणबाट उपचार गराईरहेका बिरामीहरु र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको जेठ र असार महिनाको खाजा खर्च ब्यहोर्ने निर्णय भएको प्रालिका प्रबन्ध निर्देशक खड्गबहादुर बुथाथोकीले जानकारी दिनुभयो ।

सञ्जीवनी कलेज विभिन्न सामाजिक कार्यहरुमा क्रियाशील रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*