Home / Feature Breaking news / दाङमा सहज उपचारको व्यवस्था मिलाउन महासंघको आग्रह

दाङमा सहज उपचारको व्यवस्था मिलाउन महासंघको आग्रह

दाङ,२९ बैशाख । नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित बिरामीहरुको सहज रुपमा उपचारको व्यवस्था मिलाउन तीनै तहका सरकारहरसँग माग गरेको छ । कोरोना संक्रमितहरु बढ्दै जादा विरामीले उपचार नपाएरै मर्ने अवस्था आएको भन्दै महासघले नागरिकको सहज रुपमा उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी र सचिव आर।के। शीतलले प्रेस विज्ञप्ति निकालेर कोरोना भाईरसको महामारीले आक्रान्त बनेको अहिलेको परिस्थीतिमा उपचारलाई सहज बनाउन माग गरेका हुन ।

विज्ञप्तिमा दाङ कोरोना महामारीको उच्च प्रभावित जिल्लामा परेको छ । दिनहुँ संक्रमितहरुको संख्या बढ्दै गएको छ । अस्पतालमा अक्सिजन र वेड नपाएर बिरामीको अकालमै ज्यान गैरहेको छ । कतिपय बिरामीहरु अस्पतालको गेटसम्म पुगेर बेड नपाई फर्किनुपरेको छ । कतिको अस्पताल र अक्सिजन खोज्दाखोज्दै बाटैमा ज्यान गएको छ । यस्तो बिषम् परिस्थितीमा संघ, प्रदेश, स्थानीय सरकार र राजनीति दलहरुको आवश्यक पहलकदमी र तदारुकता नपुगेको महशुस दाङबासीहरुले गरिरहेका छन ।

साथै कोरोना बिशेष अस्पताल बेलझुण्डी वाहेक अन्यत्र कतै पनि आइसियू नभएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन भएर पनि आइसियू सञ्चालन हुन सकेको जटिल परिस्थितीप्रति गम्भिर हुँदै बिरामीले सहजै वेड, अक्सिजन र उपचार पाउने वातावरण मिलाउन तीनै तहका सरकार, सांसद्, राजनीतिक दल र जिल्लास्थित सरकारी अधिकारीहरुलाई हार्दिक अपील गर्दछौ । साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएत जिल्लामा सञ्चालनमा आउन नसकेका आइसियू तत्काल चालु गर्न समेत सवैलाई सबैलाई हार्दिक आग्रह गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*