दाङ,२८ मंसिर । बर्तमान सरकारका क्रियाकलाप विरुद्ध नेपाली कांग्रेसले भोली गर्न थालेको विरोध प्रदर्शनमा स्कुल अफ डेमोक्रेसीले सहभागिता जनाउने भएको छ ।
स्कुल अफ डेमोक्रेसी दाङ जिल्ला कार्यसमितिको आइतवार घोराहीमा बसेको बैठकले वर्तमान सरकारले गरेको बिभिन्न ज्यादतीको बिरुद्धमा कांग्रेसले गर्न थालेको विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको हो । त्यसका लागि सवैलाई आग्रह समेत गरेको छ ।
त्यसैगरि आउदो पुस महिनाको २६ गतेका दिन दाङमा एक दिने बृहत प्रशिक्षण कार्यक्रम सचालन गर्ने, सदस्यता बिस्तार गर्ने तथा आगामी फागुन महिनाको दोस्रो साता स्कुल अफ डेमोक्रेसीको लुम्बनी प्रदेश स्तरिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले बिभिन्न क्षेत्रलाई समेटेर सल्लाहकार सदस्य चयन गरेको छ ।
बैठकले नेपाली कांग्रेसका नेता तथा पूर्व सांसदहरु योगेन्द्र चौधरी , सुशीला चौधरी, महादेव शाह, बासुदेब जंगली, प्रदिपराज शर्मा, साबित्रा राना, डा कृष्णराज डिसी, जानकीलाल बस्नेत , गिरिजादेवी न्यौपाने, प्रेम शाह, पुस्कर रेग्मी, गोपाल भुसाल,जोगेन्द्र बिश्वकर्मा, उमाकान्त पन्त, शारदा पोख्रेल र भरतमणि पाण्डेयलाई सल्लाहकार सदस्यमा चयन गरेको हो ।
त्यस्तै बैठकले स्कुलअफ डेमेक्रेसी दाङका जिल्ला अध्यक्ष बिमला योगी महिला लघुबित्त सस्था लिमिटेड दाङ र पोखराको
जालपालघुबित्त सस्था लिमिटेड समायोजन भई बनेको जालपा सामुदायिक लघुबित्त बितिय सस्था लिमिटेडको कार्यकारी निर्देशक हुनुभएकोमा बधाई ज्ञापन गरेको छ । स्कुलअफ डेमोक्रेसी दाङका जिल्ला अध्यक्ष बिमला योगीको अध्यक्षतामा बैठक बसेको थियो । उपाध्यक्ष सुष्मा गिरीको स्वागतबाट शुरु भएको कार्यक्रमको सचालन सचिव लिला शाहले गरेकी थिइन ।
RaptiSandesh RaptiSandesh