Home / Feature Breaking news / ‘कोरोना जित्‍न गाह्रो रहेनछ, छिट्टै निको भएँ’

‘कोरोना जित्‍न गाह्रो रहेनछ, छिट्टै निको भएँ’

काठमाडौं । कैलाली लम्किचुहाका २१ वर्षीय युवक कोरोना सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किएका छन् ।

सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसन कक्षमा उपचार गराइरहेका युवकको पछिल्लो रिपोर्टमा कोरोना सङ्क्रमण नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् ।

चैत १० गते राति गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश भएका युवकमा २२ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएर घर जाँदै गरेका युवकले बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै आफू निको भएर फर्किएको बताए । कोरोनालाई सङ्क्रमणलाई जित्न सकिने प्रतिक्रिया दिए ।

“कोरोना जाँच रिपोर्ट पोजेटिभ आए पनि मलाई कुनै लक्षण थिएन । मलाई केही हुँदैन भन्ने विश्वास थियो । शरीर स्वस्थ भएकाले चिन्ता पनि थिएन । रिपोर्ट पोजेटिभ आएपछि घर जाँदैछु,” उनले भने ।

“कोरोना नेगेटिभ देखिएर राम्रो भएको छ । कोरोना सङ्क्रमण देखिए पनि केही हुँदो रहेनछ भन्ने लागेको छ । डाक्टरहरूले पनि राम्रो हेरविचार गर्नुभयो,” उनले खुसी व्यक्त गरे ।

उनले उपचारमा खटिएका स्वास्थ्यकर्मी सबैले राम्रो व्यवहार गरेकाले आइसोलेसन कक्षमा रहेका अरू सङ्क्रमितहरू पनि छिट्टै निको हुने विश्वास व्यक्त गरे ।

भारतको मुम्बइमा नोकरी गर्दै आएका युवक ११ गते घर आइपुगेका थिए । घर आइपुगेलगत्तै क्वारेन्टाइनमा बसेका युवकमा जाँच गर्दा कोरोना सङ्क्रण देखिएको थियो ।

युवक १५ औं दिनका दिन अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार चैत १० गते सङ्क्रमण पुष्टि भएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठ डिस्चार्ज भएकी थिइन् । शनिबारै बाग्लुङकी ६५ वृद्धा पनि डिस्चार्ज भएकी थिइन् । दुवै एउटै जहाजमा काठमाडौं आएका थिए । वृद्धामा गत चैत २० गते सङ्क्रमण देखिएको थियो ।

नेपालमा कोरोना सङ्क्रमण देखिएर निको हुनेको सङ्ख्या ४ पुगेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*