काठमाडौं । गत २४ घण्टामा कोराना भाइरसको संक्रमणको आशंकामा दुई हजार १६८ जना नयाँ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म सातै प्रदेशमा कोरोना भाइरसको आशंका नमुना दुवै विधिबाट पीसीआर विधिमा आठ हजार ८१ र २१ हजार ४४६ जना गरी जम्ममा २९ हजार ५६७ जनाको परीक्षण भइसकेको जानकारी दिए ।
त्यसैगरी, देशैभरका क्वारेन्टाइनमा पाँच हजार १८० जना रहेका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमित ३१ पुगेका छन् । जसमा चार जना निको भएर घर फकिएका छन् भने टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । ती २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका जारी गरेको मोबाइल एप १११५ र ११३३ मा २ हजार २४१ जनाकोकोरोनासम्बन्धी आएको गुनासो स्वास्थ्यकर्मीहरूले सम्बोधन गरेको समेत बताइएको छ ।