Home / समाचार / वडाबासीलाई स्थानिय सरकार सञ्चालन सचेतना

वडाबासीलाई स्थानिय सरकार सञ्चालन सचेतना

अमरराज आचार्य
दाङ, २९ माघ ।
घोराही उप महानगरपालिका वडा नम्वर १४ ले स्थानिय वासीन्दाहरुलाई स्थानिय सरकार संचालन सम्वन्धी सचेतना दिन दिएको छ ।

वडाका अगुवाहरुलाई यसका वारेमा जानकारी दिन थालिएको वडा नम्वर १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । उनका अनुसार वडामा रहेका अगुवाहरुलाई विकासको कार्य विकासको प्रक्रिया र स्थानिय सरकार संचालन सम्वन्धी जानकारी दिन थालिएको हो ।

‘वडाका अगुवाहरुलाई जिम्मेवारी वहन गराउने उदेश्यले यस प्रकारको सचेतना दिन थालेका हौ’ अध्यक्ष डाँगीले भने । जसले गर्दा विकास कसरी गर्ने, कुन कुन प्रक्रियावाट विकास अगाडि वढने, पुर्ण सरसफाइ अभियानलाई कसरी अगाडि वढने, वालवालिका क्षेत्रमा के कस्ता कार्य गर्ने कसरी अगाडि वढने वारेमा जानकारी गराइने भएको छ ।

यसरी जानकारी दिए पछि वडाका अगुवाहरु जिम्मेवार भएर अगाडि वढने अध्यक्ष डाँगीले जानकारी दिए । जसले गर्दा काम गर्ने सहज र नागरिकलाई स्थानिय सरकारका वारेमा जानकारी हुने उनले बताए ।

त्यस अवसरमा घोराही उप महानगरपालिका प्रमुख नरुलाल चौधरीले अगुवाले सिकेर अरुलाई पनि सिकाएर अगाडि वढाउनु पर्ने बताए । जनताको सहयोग विना स्थानिय सरकारले मात्र काम गर्ने नसक्ने प्रमुख चौधरीले बताए । सवैले अपनत्वको भावना नहुदा सम्म कुनै पनि काम सफल हुन नसक्ने उनको भनाई रहेको छ ।

कार्यक्रममा स्थानिय सरकार सञ्चालनका विषयमा रमेश अधिकारी, वालवालिकाहरुको विषयमा विकिरण गौतम र पुर्ण सरसफाईका वारेमा गोविन्द खडकाले जानकारी दिएका थिए । कार्यक्रम वडा अध्यक्ष डाँगीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव तिलकराम डिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*