Home / Feature Breaking news / अवैध उत्खनन् गर्ने १ सय ७३ सवारी साधन पक्राउ

अवैध उत्खनन् गर्ने १ सय ७३ सवारी साधन पक्राउ

लिलाधर वली
दाङ । जिल्लामा नदिजन्य बस्तुको अवैध रुपमा उत्खनन् हुने गरेको छ । विशेष गरेर रात र विहान हुस्सु लागेको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन हुने गरेको स्थानीयले जनाएका छन् । नियमित अनुगमनको अभावमा अवैध काम बढेको हो । जिल्ला समन्वय समितिले पनि प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छैन । नदीजन्य पदार्थको संरक्षणको अधिकार स्थानीयतहलाई नै संविधानले दिएको छ ।

तर त्यो काम पनि स्थानीयतहले गरेका छैनन् । अवैध उत्खनन रोक्न प्रहरीले भने कडाई गरेको दावि गरेको छ ।अवैध नदिजन्य बस्तुको उत्खनन् गरेको आरोपमा धेरै सवारीसाधनहरु पक्राउ परेका छन् ।जिल्ला समन्वय समिति दाङका अनुसार अवैध नदि जन्य पदार्थ उत्खन्न गरेको आरोपमा दाङमा प्रहरी साढे सात महिनामा एक सय ७३ सवारीसाधन पक्राउ गरेको छ । नदिजन्य बस्तु उत्खनन् प्रतिवन्ध गरेका स्थानवाट नदिजन्य बस्तु उत्खनन् गरेको आरोपमा प्रहरीले जेठ महिनादेखि मंसिरको १२ गतेसम्म टेक्टर,टिप्पर र जेसीवी पक्राउ गरेको हो । पक्राउ पर्नेमा सवैभन्दा धेरै टेक्टरहरु छन ।

नदि जन्य बस्तुको उत्खनन्मा रोक लगाएको स्थानवाट उत्खनन गर्दै गर्दा प्रहरीले अधिकांस सवारीसाधनहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्लामा अवैध नदिजन्य बस्तुको उत्खनन् तथा ओसार पसारमा संलग्न भएको आरोपमा एक सय ६२ वटा टेक्टरहरु रहेको जिल्ला समन्वय समिति दाङका नाशु जीवराज शर्माले बताए । त्यस्तै चार वटा जेसीवी र ६ वटा टिप्परहरु पक्राउ परेको नाशु शर्माले बताए । अवैध नदिजन्य पदार्थको उत्खनन् गरेको आरोपमा जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले पक्राउ गर्ने र पक्राउ परेका जेसीवी, टिप्पर र टेक्टरहरु जिल्ला समन्वय समितिमा पठाउने गरेका छ ।
नदिजन्य बस्तु निकासी प्रतिवन्ध गरेको स्थानवाट उत्खनन गर्ने सवारीसाधनहरुलाई पक्राउ गरि राजश्व तिरेपछि छोड्ने गर्दै आएको छ । जिल्ला समन्वय समितिका अनुसार कतिपय सवारीसाधनहरु राजश्व तिरेर छुट्ने र पुनः पक्राउ पर्ने गरेका छन । तर व्यवसायीले भने राज्यको तोकेकै स्थानवाट नदिजन्यबस्तुको उत्खनन गरेपनि प्रहरीले दु.ख दिने गरेको बताएका छन । राज्यले तोकेकै स्थान वा स्थानीयवासीको आग्रहमै नदिजन्य बस्तुको उत्खनन गर्दा समेत प्रहरीले टेक्टर, टिप्परहरु पक्रने गरेको व्यवसायीहरुले बताउने गरेका छन ।

३८ लाख राजश्व

अवैध नदिजन्य बस्तुको उत्खनन् गरेको आरोपमा पक्राउ परेका सवारीसाधनवाट जिल्ला समन्वय समितिले साढे सात महिनाको विचमा ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नासु शर्माका अनुसार जेसीवी, टिप्पर र टेक्टरवाट ३८ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

जसमा सवैभन्दा धेरै टेक्टरहरुवाट ३२ लाख ४० हजार, जेसीवीवाट तीन लाख र टिप्परहरुवाट तीन लाख गरि जम्मा ३८ लाख ४० हजार रुपैयाँ राजश्व संकनल भएको छ । उनका अनुसार यो राजश्व गतवर्षको तुलनामा धेरै भएको बताए । यो बर्ष नदिजन्य पदार्थ उत्खनन्को जिम्मा स्थानीय तहलाई दिएपनि स्थानीय तहले समयमै नदिजन्य पदार्थको उत्खनन् नगर्दा धेरै सवारीसाधनहरु पक्राउ परेका हुन । जिल्ला समन्वयका नाशु शर्माका अनुसार अधिकांस टेक्टरहरु ग्वारखेला, राप्ती नदि, बबई नदि, बौलाखोला, सिस्नेखोलालगायतका खोलाहरुवाट पक्राउ परेका छन ।

प्रहरीले पक्राउ गरेपछि राजश्व तीर्नका लागि जिल्ला समन्वय समितिमा पठाउने गरेको छ । अवैध नदिजन्य पदार्थ उत्खनन् गरेको सवारीसाधन पक्राउ गर्ने प्रहरीहरुले प्रोत्साहन सोरुप २० प्रतिशत रकम पाउने गरेका छन् । त्यो लोभमा पनि प्रहरीले अनावश्यक दुःख दिने समेत गरेको व्यवसायीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*