दाङ । नेपाली काग्रेस पार्टीलाई संगठित र व्यवस्थीत बनाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
नेपाली काग्रेस साविक मानपुर इकाई समितिले मानपुरमा गरेको प्रथम गाउँ भेलाका सहभागीहरुले पार्टीमा गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको भन्दै कार्यकर्ताहरुलाई संगठित बनाउदै पार्टीलाई प्रमुख शक्ति बनाउन नेताहरुले गुटगत राजनीति त्याग्नुपर्ने बताएका हुन । उनीहरुले वर्तमान समयमा नेपाली काग्रेसको नेतृत्व जनतामाझ जानुपर्ने बताएका थिए ।
नेपाली काग्रेस मानपुर ईकाई समितिका सभापति लालबहादुर गिरीको अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसद राजु खनाल, नेपाली काग्रेस क्षेत्र नं. ३ का सभापति भुपबहादुर डागी, नेपाली काग्रेसका नेता भरत न्यौपाने, नेपाली काग्रेस दाङका पूर्व सचिव कुमोद शर्मा, नेपाली काग्रेस त्रिपुर इकाई सभापति दिपक पाण्डे,तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष थलराज पुरीले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै भेलामा नेपाली काग्रेस पूर्व क्षेत्रीय प्रतिनिधि बिष्णुमणि धिताल, नेपाल निजामति कर्मचारी संघका सस्थापक अध्यक्ष तुलसी गिरी, टेड्र युनियन काग्रेस दाङका सहसचिव यज्ञबहादुर केसी, नेपाली काग्रेसका नेता डिल्ली आचार्य, वडा सदस्य रुपा विक, सम्मानित व्यक्तिकातर्फवाट निलहरी रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सभापति लालबहादुर गिरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुशील आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति ज्ञानबहादुर केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण श्रीधर देवकोटाले गरेका थिए । कार्यक्रममा आफनो जीवनकालमा नेपाली काग्रेस पार्टीलाई सहयोग गर्ने ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।