Home / Feature Breaking news / घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियानमा क्षेत्र नम्बर २ ले वडा वडामा खटायो प्रतिनीधी

घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियानमा क्षेत्र नम्बर २ ले वडा वडामा खटायो प्रतिनीधी

घोराही, ६ चैत

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले केन्द्रिय निति अनुसार सञ्चालन भईरहेको ‘घर–घर जाऔँ कांग्रेस जिताउ’ अभियानकालागी क्षेत्रमा रहेका वडाहरुमा प्रतिनिधी खटाएको छ ।

क्षेत्रीय समितिको आज आईतवार बसेको नियमीत बैठकले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथ फागुन २९ गतेदेखी सुरु भएको एक महिने अभियानकालागी क्षेत्रीय कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधीको रुपमा हरेक वडाहरुमा खटाउने निर्णय गरेको हो ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर २ भित्र पर्ने २७ वटा वडाहरुमा प्रतिनिधीहरु खटाएको हो । जसअनुसार बंगलाचुली गाँउपालिका १ मा बदरुदिन राईन, २ मा जयभोला परियार, ३ मा पुनी गिरी, ४ मा तेजमणी दाहाल, ५ मा हिमाल महरा, ६ मा धनेश्वर आचार्य, ७ मा युवराज आचार्य र ८ मा पदमराज शर्मालाई खटाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा देवा सुवेदी, ६ मा पार्वता योगी, ७ मा झगबहादुर बस्नेत, ८ मा मधुसुदन अधिकारी, ९ मा निमबहादुर चौधरी, १० मा जंगबहादुर जिसी, ११ मा चित्रबहादुर डाँगी (निर्मल) र हिमबहादुर रावत, १२ मा शारदा दाहाल, १३ मा ताराबहादुर डिसी र दानहादुर बुढाथोकी, १४ मा तुलसीकुमारी वली, १५ मा कमल गौतम, १६ मा खुमा खड्का, १७ मा रेखा केसी, १८ मा शान्ता घिमीरे र १९ मा हर्कबहादुर घर्तिलाई प्रतिनीधी खटाएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा सीता चौधरी, १७ मा राधा भण्डारी, १८ मा प्रज्ञान रेग्मी र १९ मा दिनेश नेपालीलाई खटाईएको छ ।

बैठकले १५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । जसमा सभापति भिमप्रकाश खड्का, उपसभापति प्रकाश श्रेष्ठ र अभियान बस्नेत, सचिव हिमबहादुर डाँगी र आर.के.शीतल, सहसचिव रमेशकुमार पाण्डे र रञ्जीत श्रेष्ठ, कोषाध्यक्ष गोपाल भुषाल, सदस्यहरु चित्रबहादुर डाँगी (निर्मल), कमलप्रसाद गौतम, जंगबहादुर जिसी, निमबहादुर चौधरी, जगबहादुर बस्नेत, युवराज आचार्य र राधाकुमारी भण्डारी रहेनुभएको छ । बैठकले क्षेत्र नम्बर २ मा रहेका वडाहरुको हालसम्म भएका कार्यहरुको समीक्षा र आगामी स्थानीय निर्वाचनबारे योजना तयार गर्नकालागी वडा सभापति र वडा सचिवहरुसँगको भेला यही चैत १४ गते घोराहीमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेसका नेता शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको स्मृतिमा चैत ७ गते र नेता खुमबहादुर खड्काको स्मृतिमा चैत १६ गते कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै महासमिति सदस्य एवं महिला संघ दाङका अध्यक्ष गोमा रावतको वुवा केशरबहादुर बस्नेतको हालै निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*