Home / Election / मतदाता भन्छन्ः ‘कांग्रेसलाई भोट हाल्न आतुर छौ’

मतदाता भन्छन्ः ‘कांग्रेसलाई भोट हाल्न आतुर छौ’

दाङ, १४ मंसिर
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन सात दिनमात्र बाँकी रहदा मतदाताहरु उत्साहित भएका छन् । आफूलाई मन परेको उम्मेदवारलाई चुनावमा मतदान गरेर बिजयी बनाउन मतदाताहरु आतुर देखिएका छन् ।

नेपाली काग्रेस क्षेत्र नंं २ को प्रचार प्रसारका क्रममा विहिवार भएको घरदैलोका क्रममा मतदाताहरु मनपर्ने उम्मेदवारहरुलाई मत दिन हतार भएको बताएका छन् । उनीहरुले कांग्रेसले मात्र दाङको समग्र देशको विकास गर्ने र समृद्धिको बाटोमा लग्न सक्ने भन्दै कांग्रेसलाई जिताउन आफूहरु आत्तिएको बताए ।

मतदाताहरुले लोकतन्त्रको रक्षा गर्ने, संविधान सही कार्यान्वयन गर्ने, विकास, समृद्धि र शान्तिको पक्षमा रहेको कांग्रेसलाई मत दिएर विजयी बनाउनकालागि उत्साहित भएको भन्दै मतदान गरेर कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिने बताए ।

घोराही– १४ की लक्ष्मी बुढामगरले मतदानको दिन छिटो आएहुन्थ्यो झै भएको बताईन् । ‘हरेक दिन विभिन्न पार्टीका मान्छेहरुलाई हामीलाई भोट हाल्नुहोला है भन्न आउछन्’ लक्ष्मीले भनिन्–‘मेरो आस्था लोकतन्त्रप्रति छ, मैले लोकतान्त्रिक शक्तिलाई नै भोट दिने हो ।’ जनताको सुख र दु.खमा साथ दिने नेतालाई नै भोट दिने र त्यस्ता उमेद्वार कांग्रेसका भएको पनि उनले बताईन् ।

‘हाम्रो क्षेत्रवाट उम्मेदवारी दिनुभएका सवै नेताहरु कस्तो हुनु हुुन्छ र जनताका लागि के गर्नुभएको छ भन्ने हामीलाई राम्रोसँग थाहा छ’ उनले भनिन– ‘अब धेरैले यस्तो गर्छु र उस्तो गर्छु भन्न पर्दैन । हामीले कसलाई भोट दिने भन्नेमा क्लीयर छौ ।’

निर्वाचनको समयमा नमस्कार गर्दै लम्पसार गर्न आउने तर जितेर गएपछि विर्सने हामीलाई नचिन्ने नेता हामीलाई चाहिएको भन्दै आक्रोश पोखिन् घोराही–१५ की मनकली बिकले ।

उनलाई पनि धेरै नेताहरु भोट माग्न आउने गरेको भएपनि कांग्रेसलाई भोट दिने बताईन् । ‘कहिल्यै अनुहार नदेखिएका चिल्ला गाडीमा आउने नेताहरुको पनि अहिले अनुहार देखियो’ क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार राजु खनालको घरदैलोका क्रममा उनले भनिन्–‘हामीलाई चिल्ला गाडीमा एकछिन आएर, तपाईहरुको लागि विकास गरिदिन्छु भन्ने नेता चाहिएको छैन । गाउँको समस्यामा सधै साथ दिने राजु खनाल जस्ता नेता आवश्यक छ ।’

मतदाताहरुका कुरा सुन्दै नेपाली काग्रेस प्रतिनिधिसभाका क्षेत्र नं.२ का उम्मेदवार राजु खनालले यस क्षेत्रको विकास लागि, समृद्धिकालागि २१ गतेको निर्वाचनमा आफुलाई बिजयी बनाउन आग्रह गरे ।

खनालले आफु सांसद हुदाँ यस क्षेत्रमा उल्लेख्य विकास गरेको भन्दै अब पनि विजयी भएर गएपछि अझै विकासका काम गर्ने र जिल्लालाई नै समृद्ध बनाउने मतदाताहरुसमक्ष प्रतिवद्धता व्यक्त गरे । ‘तपाईहरुले ०७० सालमा दिएको जिम्मेवारी पुरा गरे फेरी भोट माग्न आएको छु’ खनालले भने–‘अब पालो विकास र समृद्धिको हो, तपाईहरु भोट दिनुस् म विकास र समृद्धि दिनेछु ।’

कार्यक्रममा बोल्दै क्षेत्र नं २ (१)का प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरेले दाङमा गाउँ र सहरको विकास गर्ने पार्टी नेपाली काग्रेस मात्र भएको भन्दै आगामी निर्वाचनमा मतदातालाई आफुलाई बिजयी बनाउन आग्रह गरेका छन् ।

‘आफनो क्षेत्रको विकास कसरी गर्ने मलाई थाहा छ । मलाई भोट दिएर जिताउनुहोस’ उम्मेदवार घिमिरेले भने– ‘मैले काम गर्न नसके मलाई गाली गर्न पनि सक्नुहुन्छ । किन अकै क्षेत्रको उम्मेदवारलाई भोट दिएर पछि पछुताउने काम गर्नुुहुन्छ ।’ त्यस्तै उनले अहिले लोकतन्त्रको रक्षाका लागि नेपाली काग्रेसलाई मतदान गर्न समेत मतदाताहरुलाई घरदैलोको क्रममा भन्ने गरेका छन । उक्त घरदैलोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रीक) समानुपातिक उम्मेदर मिना स्वर्णकारले कम्युनिष्टहरुको भ्रममा नपर्न आग्रह गर्दै मतदाताहरुलाई लोकतान्त्रीक गठबन्धनका उमेद्वारहरुलाई जिताउन अनुरोध गरिन् ।

घरदैलोमा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १४ र १५ का विभिन्न टोलहरुमा पुगेर उम्मेदवारहरुले आगामी निर्वाचन आफुलाई अत्यधिक मतले बिजयी बनाउन आग्रह गरेका थिए ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को २ का उमेद्वार भरतबहादुर न्यौपानेलाई पनि मतदाताहरुले मत दिएर जिताउनकालागि आफुहरु आतुर रहेको बताएका छन् । यस क्षेत्रका विभिन्न गाँउहरुमा घरदैलोका क्रममा पुगेका न्यौपानेलाई मतदाताहरुले कांग्रेसले मात्र यो देश र जनताको भलो गर्न सक्ने भन्दै यस निर्वाचनमा कांग्रेसलाई मत दिएर विजयी बनाउनकालागि आफूहरु आतुर रहेको बताएका छन् ।

ईमान्दार र विकासप्रेमी नेनृत्व आफूहरुलाई आवश्यक भएको भन्दै उनीहरुले भरत न्यौपानेलाई अत्यधिक मतले जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

घोराही–१८ मा घरदैलो
यसैविच नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्वर १८ साविक ६ इकाई समितिले घरदैलो अभियान जारी राखेको छ । इकाई समितिले विहिवार मसिनाका विभिन्न स्थानमा घरदैलो गरी नेपाली कांग्रेसलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिजयी बनाउन आग्रह गरेका छ ।
त्यस अवसरमा पार्टीका नेता कार्यकर्ता तथा शुभ चिन्तकहरुको सहभागिता रहेको थियो । साविक वडा नम्वर ६ का इकाइ समितिका सभापति मधुसुदन अधिकारीको नेतृत्वमा घरदैलो गरिएको इकाई सचिव घनवहादुर रावतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*