Home / समाचार / नेता खाँडले भनेः ‘भरत न्यौपानेलाई जिताउनुहोस्, मुख्यमन्त्री बन्नुुहुन्छ’

नेता खाँडले भनेः ‘भरत न्यौपानेलाई जिताउनुहोस्, मुख्यमन्त्री बन्नुुहुन्छ’

घोराही, १३ मंसिर

 नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रदेशसभाको निर्वाचन जिते दाङ क्षेत्र नं. २ (२) प्रदेशसभाका उम्मेदवार भरतबहादुर न्यौपाने मुख्यमन्त्री बन्ने बताएका छन ।

प्रेस युनियन दाङले बुधवार घोराही आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले ‘काग्रेसले कस्लाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ?’ भन्ने प्रश्नमा नेता खाँडले अहिलेसम्म काग्रेसले कसैलाई पनि मुख्यमन्त्रीका रुपमा अघि नसारेको भन्दै यस क्षेत्रका मतदाताले भरतबहादुर न्यौपानेलाई बिजयी बनाएमा उहाँ पाँच नम्वर प्रदेशको मुख्यमन्त्री बन्न सक्ने बताए । उनले भने–‘ स्थानीय तहको निर्वाचनमा भरतजीले मेयरमा टिकट पाउनु भएन,तर अहिले प्रदेशसभाको उम्मेदवार बन्नुभयो, अव चुनाव जितेपछि पाँच नम्वर प्रदेशको मुख्यमन्त्री पनि बन्न सक्नुहुन्छ ।’

प्रदेशसभा सदस्यहरुका विचवाटै मुख्यमन्त्री चयन हुने भएकाले जनताले नेपाली काग्रेसलाई मत दिए दाङले मुख्यमन्त्री सहित प्रादेशिक राजधानी पाउन सक्ने धाराणा राखे । दाङ दङ्गीशरण राजाहरुको राजधानीका रुपमा पहिले रहेको र अहिले पनि राजधानी बन्न सक्ने धेरै आधारहरु रहेको उनले बताए । यद्यपी प्रदेशसभाको राजधानी कहाँ बन्ने भनेर प्रदेशसभको पहिलो बैठकले नै टुङगो लगाउने उनको भनाई छ ।
दाङ नेपाली काग्रेसको प्रभाव रहेको जिल्लाका रुपमा देशभर परिचित भएकाले दङगाली मतदाताहरुलाई काग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*