Home / Feature Breaking news / अटो व्यवसायी एकै स्थानमा भएपछि सेवाग्राहीलाई सहज

अटो व्यवसायी एकै स्थानमा भएपछि सेवाग्राहीलाई सहज

अमरराज आचार्य

दाङ, २ असोज । घोराही क्षेत्रका अटो व्यवसायीहरु एकै स्थानमा भएपछि सेवाग्राहीलार्ई सहज भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० का निरज चौधरीले सवै अटो सम्वन्धी व्यवसायीहरु एकै स्थानमा हुँदा सहज भएको बताए । वजार क्षेत्रमा अटो व्यवसायीहरु रहदा सवै सामाग्री एकै स्थानमा पाउन समस्या थियो । ‘पहिले गाडी वनाउन जादा पनि वजार भरी डुल्नु पर्ने समस्या रहेको थियो अव त्यस प्रकारको समस्या समाधान भएको छ’ चौधरीले भने ।

सवै प्रकारका अटो व्यवसायीहरु एकै स्थानमा हुदाँ वजार भरी सामान खोज्न जाने समय समेत वचत भएको छ । वजार भरी डुल्नु नपर्दा समय समेत वचत भएको उनले बताए ।
घोराहीका अर्का व्यवसायी कमल पोख्रेलले सवै अटो सम्वन्धी व्यवसायीहरु एउटै ठाउँमा हुदा सेवाग्राहीहरुलाई सहज भएको उनले बताए । पहिले गाडी वनाउन जाँदा सामान खोज्न वजार भरी हिडनु पर्ने वाध्यता रहेको थियो तर अहिले त्यस प्रकारको वाध्यता हटेर गएको उनले बताए ।

अहिले गाडी वनाउनेदेखि गाडीका लागि आवस्यक पर्ने सम्पुर्ण पार्टहरु एकै स्थानमा पाउन सकिने भएको छ । जसले गर्दा नागरिक लाई वजारभरी डुल्नु पर्ने वाध्यता समेत हटेको छ । ‘अहिले कुनै पनि सामान किन्नका लागि वजार भरी हिडनु पदैन’ पोख्र्रेलले भने । यसले गर्दा नागरिकलाई आर्थिक तथा समयको समेत वचत भएको छ । वजारमा अटो सम्वन्धी व्यवसाय हुदाँ फोहोर हुने समस्या रहेको थियो भने वजार क्षेत्र भन्दा टाढा भएपछि बजारमा फोहोर हुने समस्या समेत समाधान भएको उनको भनाई रहेको छ ।

बजारमा छरिएर रहेका अटो व्यवसायीहरुलाई एकत्रित वनाउने प्रयास स्वरुप झिगौरामा सवै अटो व्यवसायहरुलाई ल्याइएको अटोभिलेजका पूर्व अध्यक्ष सुशील पोख्रेलले बताए । एकै प्रकारका व्यवसायीहरुलाई एकै स्थानमा राख्दा सवैलाई सहजता भएको बताए । यसरी अटो व्यवसायीलाई एकै स्थानमा ल्याउनका लागि घोराही उपमहानगरपालिकासंग समन्वय गरी कार्य गरीएको थियो । व्यवसायीहरुलाई यसरी एकै स्थानमा ल्याउन उपमहानगरपालिकाबाट राम्रो सहयोग पाएको उनले बताए ।

यस प्रकारको सवै अटो व्यवसाय एकै स्थानमा रहेको राप्तीका अन्य कुनै जिल्लामा नरहेको समेत पोख्रेल बताउछन । ‘दाङको घोराहीमा रहेको व्यवस्थीत अटो भिजेल राप्तीका अन्य कुनै पनि जिल्लामा छैनन्’ पोख्रेलले भने । अहिले उक्त क्षेत्रमा १ सय २० वढी व्यवसायीहरु छन् । पहिले गाडी वनाउन एक स्थानमा र सामाग्री किन्न आरको स्थानमा जानु पर्ने वाध्यता रहेको थियो तर पहिले त्यस प्रकारको समस्या नरहेको उनको भनाइ छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि वजारमा छरिएर सम्भाव भएका सम्मका व्यवासयीहरुलाई एकै स्थानमा राख्ने योजना गरेको जनाएको छ । संघका अध्यक्ष नारायण भुसालले वजार लाई व्यवस्र्थीत वनाउनका लागि यस प्रकारको योजना ल्याएको बताए । एकै स्थानमा गए पछि एकै प्रकारका धेरै सामाग्री समेत सहज रुपमा उपल्वध हुने छ । ‘हामी वजारलाई सरसफाई, हरित तथा व्यवस्थीत वनाउने उद्देश्यका साथ अगाडि वढेका छौ’ अध्यक्ष भुसालले भने । यसका लागि संघले स्थानिय सरकार तथा अन्य सराकोर निकायसंग समेत समन्वय गरेर अगाडि वढने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*