Home / Feature Breaking news / मन जित्न जानेका व्यवसायीका नेता ‘भद्र’ बसन्त

मन जित्न जानेका व्यवसायीका नेता ‘भद्र’ बसन्त

‘अद्भुत’ शालिनताले उनको छुट्टै परिचय स्थापित गरिदिएको छ – सितल, शान्त ‘बसन्त’ । शान्त रुचाउँछन् । हरेक असन्तुष्टिहरुको जवाफ शान्त पूर्वक दिन सक्ने शालिन ‘कौशलता’ का कारण बसन्त हरेकको मन जित्न काबिल छन् । अनि त बनेका छन् व्यवसायिहरुका ‘भद्र’ नेता । बर्षौँ अघि भारतको एक होटेलमा वेटर काम गरेर व्यवसाय क्षेत्रको ‘जरो’ पत्ता लगाएर नेपाल फर्किएका बसन्त अहिले व्यवसायि मात्रै हैन, व्यावसायिहरुका सक्षम नेताका रुपमा दरिए ।

उनको यहि कौशलताले उनलाई उद्योग वाणिज्य संघको नेतृत्वको संघारमा उभ्याईदिएको छ । घोराही क्षेत्रका व्यासायिहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व (अध्यक्ष) का रुपमा अघि सारिएका बसन्त जोशी व्यावसायिहरुको नेतृत्व लिने दौडमा छन् । एसएलसी दिएपछिको बसन्तको अल्लारे उमेरले भारतीय बसाईको कल्पना गर्यो । भारतमा गएर ‘पैसा कमाउने’ ख्वाब थिएन । साथीहरुको लहलहैले उनको भारत यात्रा तय गरिदियो ।

भारत पसेको डेढ महिना उनि आफन्तीकोमा आश्रय लिएर बसे । भारतका केहि स्थानको घुमाईले मात्रै उनको त्यहाँको बसाई पूर्ण हुँदैन थियो । गास र बासका लागि धेरथोर काममा जोतिनै पर्ने थियो । अनि बसे होटेलमा कामदार बनेर । ‘त्यो बेला भारतमा जान्छु , पैसा कमाउँछु भन्ने थिएन, तर साथी भाईहरुको लहलहैमा लागेर म भारतमा गएँ,’ उनि भन्छन् ‘त्यहाँ बस्नलाई पनि काम त गर्नु पर्यो, म भारत गएको डेढ महिना पछि भारतको एक होटेलमा कामदार बनेँ ।’

होटेलको काम उहि ‘ग्राहकहरुलाई खाजा, नास्ता, खाना पुर्याईदिने ‘वेटर’ । डेढ महिना सम्म भारतको होटेलमा आउने ग्राहकहरुको सेवा गरेका बसन्तका लागि यो डेढ महिनाको ‘वेटर करिअर’ नै जिवनको ‘टर्निङ प्वाईन्ट’ बनिदियो । उनले त्यहि होटेलमै ब्यावसायिक यात्राको मार्ग कोर्ने उपाय सिके । ‘व्यवासाय कसरी गर्नु पर्छ भन्ने सिकाई मैले त्यहिँ होटेलमा वेटर काम गर्दा पाएँ,’ उनि भन्छन् ‘अनि मलाई आफै व्यावसाय गर्ने उत्साह अधिक जाग्यो ।’

व्यावसाय गर्ने कला,सीप सिकेर नेपाल फर्किने योजना बनाए बसन्तले । तीन महिने भारत बसाईलाई बिट मारिदिए र लक्ष्मीपुर स्थित घर फर्किए । उनका जेठा दाजु फोटो ग्राफर थिए, त्यो बेला । उनि दाजु संगै व्यावसासमा जोडिए । २०५३ मा घोराहीमा जोशी फोटो स्टुडियो सञ्चालनमा ल्याए बसन्तले ।

फोटो स्टुडियोबाट व्यावसायिक क्षेत्रमा हात हालेका उनलाई सुरुमा आफ्नो व्यावसायलाई स्थापित गर्न निकै चुनौती पनि रह्यो । तथापीको उनको लगनशिलताले हार मानेन । अनि उम्दा ब्यावसायिका रुपमा स्थापित बन्दै गए बसन्त । ‘सुरु सुरुमा व्यवासयलाई स्थापित गर्न निकै चुनौती रह्यो,’ बसन्त भन्छन् ‘सबै भन्दा ठूलो कुरा लगनशिलता नै रहेछ,म लगनशिलता देखि टाढा भागेन, खाई नखाई, नसुती नसुती पनि आफ्नो कमर्ममा खटिरहेँ, फलतः सफलताका रेखाहरु कोरिँदै गए ।’

व्यवसायमा हात हालेको एक दशकले बसन्तलाई व्यावसायिक क्षेत्रमा कुशल व्यवासायिका रुपमा चिनाईसकेको थियो । यति मात्रै हैन, उनको आर्थिक अवस्थाले उनलाई आफ्नो व्यवसायलाई थप बिस्तार गर्ने ‘ल्याकत’ राख्ने काबिल बनाईसकेको थियो ।

फलतः उनले २०६३ मा सप्तरंगी डिजिटल कलर ल्याब सञ्चालन गरे । ‘यो मेरो व्यवसायिक क्षेत्रको एउटा सफलता थियो,’ उनि भन्छन् ‘व्यवसायका क्षेत्रमा स्थापित हुने मेरो रहर केहि हद सम्म पुरा भएँ म यो बेला ।’ आफ्नो व्यवसायिक यात्रालाई बेजोडको रफ्तार दिईरहेका बसन्तले आफ्नो व्यवासयिक यात्रालाई मात्रै हेरिरहेका थिएनन् । यो क्षेत्रमा समस्या भोगिरहेका व्यवसायिहरुको समस्यालाई पनि हेरिरहेका थिए । व्यवसायिक नेता बनेर व्यवसायिक क्षेत्रको समस्या निराकरण गर्ने अर्को खवाब जाग्दै गयो । यसप्रति प्रेरित गर्ने उनका घरबेटी थिए – डिल्लीबहादुर खड्का । ‘उहाँ( खड्का)ले मलाई उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्नु पर्छ भनेर प्रेरणा दिनु भयो,’ बसन्त भन्छन् ‘यहाँकै प्रेरणाले मलाई उद्योग वाणिज्य संघको प्रतिनिधित्वा लागि मोह जाग्न थाल्यो ।’ अनि उनि २०७१ मा उद्योग वाणिज्य संघको सदस्यको उम्मेदवार बन्ने निर्णयमा पुगे । उम्मेदवार बने , उद्योग वाणिज्य संघमा ‘ईन्ट्री’ मारे पनि ।

उद्योग वाणिज्य संघमा उनको प्रवेश व्यवासायिक नेतृत्वका लागि ठूलो सिकाई बन्यो । व्यवसायिक क्षेत्रमा देखिएका समस्या संग अझ नजिक हुने अवसर उनका लागि मिल्यो । समस्या समाधानका लागि गरेको त्यो बेलाको पहलकदमीले उनलाई आगामी कार्यकालका लागि उपल्लो पदमा पुग्ने बाटो कोरिरहेको थियो । नभन्दै २०७४ को उद्योग वाणिज्य संघको निर्वाचनमा बसन्तले पदाधिकारीमा बाजी मारे ।

उनि उद्योग उपाध्यक्षमा निर्वाचित भए । २०६८ मा बस्तुगत समितिमा रहेर व्यवसायिक चुनौतीलाई पढिरहेका बसन्तले उद्योग वाणिज्यसंघमा २०७१ देखि एक कार्यकाल सदस्य र एक कार्यकाल उद्योग उपाध्यक्ष गरि दुई कार्यकालको समय बिताए । अबको उनको बाटो तय भएको छ ‘दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष’ बन्ने । अध्यक्षको उम्मेदवारका रुपमा अघि सरेका बसन्तले अहिले आम मतदाताहरुसंगको सामिप्यता थप कसेका छन् । उसैगरि आफ्नो शालिनतालाई मतदाता समक्ष प्रस्तुत गरिरहेका बसन्त आफ्नो जीतलाई बर्षौँ देखिको यहि सामिव्यतालाई मान्छन् ।

‘म बर्षौँ देखि व्यवासयिक क्षेत्रमा आवद्ध भएको मात्रै हैन, व्यवसायिकहरुका समस्या संग पनि नजिक रहेको छु,मतदाताहरुसंगको बर्षौँ देखिको यो सामिप्यता र उहाँँहरुले मलाई अहिले सम्म गरिरहेको साथ, समर्थन र प्रेमले मलाई अध्यक्षमा निर्वाचित गर्ने छ,म ढुक्क छु ।’ उनले आफ्नो विजयलाई आफ्नो व्यक्तिगत जीतको सूचीमा दर्ज गर्न चाहँदैनन् । उनि भन्छन् ‘म व्यक्ति एक हो, तर मेरो जीत सबै व्यवसायिहरुको हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*