तुलसीपुर,२१ जेठ । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सयुक्त रुपमा पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि र बालकृष्ण ढुङगेलको रिहाईको विरुद्धमा एक घण्टा तुलसीपुरमा चक्काजाम गरेका छन ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता लिनका साथै बालकृष्ण ढुङगेललाई रिहाई फिर्ता हुनुपर्ने माग गर्दै तुलसीपुरकोे बिरेन्द्र चोकमा नेविसंघ र तरुण दलले सोमवार बेलुका ५ बजेदेखि ६ बजेसम्म एक घन्टा चक्का जाम गरेकोहो । चक्का जाम कार्यक्रममा स्थानीय काँग्रेसका नेता कार्यकर्ताको पनि सहभागिता छ ।
पछिल्लो समय उपभोक्ताको ढाड सेक्नेगरि चर्को मुल्य बृद्धि गरेको विरोधमा आफुहरु सडकमा आउनु परेको नेपाल विद्यार्थी संघका जिल्ला सदस्य सुवास डागीले बताए । चक्काजाम कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान सरकार अलोकतान्त्रीक रुपमा अघि बढ्न खोजेको र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका थिए ।
नेविसंघका जिल्ला सहसचिव जितेन्द्रप्रकाश ओलीको अध्यक्षता एव नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य चेतनजंग राणाको प्रमुख आतिथ्यता एव नेपाल तरुण दल दाङका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा विरोध कार्यक्रम भएको थियो । त्यस अवसरमा नेपाल विद्यार्थी संघका जिल्ला सदस्यहरु सुवास डागी,घनश्याम भण्डारीलगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघका जिल्ला सदस्य किरण केसीले गरेका थिए । त्यसअवसरमा बन्दकर्ताहरुले पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्ध फिर्ता गर,बर्तमान सरकार मुद्र्धावादलगाएतका नाराहरु लगाएका थिए ।
RaptiSandesh RaptiSandesh