Home / Feature Breaking news / दाङमा लागुऔषध कारोवार बढ्दै

दाङमा लागुऔषध कारोवार बढ्दै

दाङ,२२ जेठ । दाङमा लागुऔषध कारोवार गर्नेको सख्या बढ्दै गएको छ । चालु आर्थिक बर्षमा ३५ जनालाई प्रक्राउ गरेको छ । खुला सिमा र आर्थिक लोभका कारण लागुऔषधका प्रयोगसँगै कारोवारी समेत बढेको प्रहरीले दावि गरेको छ ।

प्रहरीका अनुसार चरेश, ब्राउनसुगर, अफिम, गाजाको सेवनसँगै कारोवार समेत हुने गरेको छ । प्रहरीले यस आर्थिक बर्ष जिल्लामा हालसम्म विभिन्न स्थानवाट ४० केजी बढि लागुऔषध प्रक्राउ गरेको छ । प्रहरीले यस आर्थिकबर्ष सवैभन्दा धेरै ३५ किलो १३८ ग्राम चरेशसहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले यस आर्थिक बर्ष ५ सय ४० ग्राम गाजासहित चार जना,४६ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयल दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले गत आर्थिक बर्ष २०७३÷०७४ मा ६ केजी ६ सय ९५ ग्राम ३ सय ६९ मिलीग्राम आगुऔषधसहित २८ जनालाई प्रक्राउ परेको थियो । प्रक्राउ परेको लागु औषधमा ६केजी ६ सय ९५ ग्राम गाजा र ५ ग्राम ३६९ मिलीग्राम ब्राउनसुगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तिमगरले बताए । प्रहरीले गत वर्ष ३ जना महिला र २४ जना पुरुष पक्राउ गरेको थियो ।

त्यस्तै आर्थिक बर्ष २०७२ ÷०७३ मा ४ केजी ८ सय ९० ग्राम ३ सय ६९ मिलीग्राम आगुऔषध पक्राउ गरेको थियो । प्रक्राउ परेको लागु औषमा ४ किलो सात सय ग्राम चरेश,१ सय ९० ग्राम गाजा र ५४.९५४ मिलीग्राम ब्राउनसुगर रहेको थियो । जसमा दुई जना महिलासहित २९ जना प्रक्राउ परेका थिए । त्यस्तै आर्थिक बर्ष २०७१ ÷०७२मा पनि ७५ केजी ६ सय ग्राम १८०.०६२ मिलीग्रामआगुऔषधसहित ४५ कारोवारीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख घर्तीमगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*