Home / Feature Breaking news / घोराहीमा दुई र तुलसीपुर क्षेत्रमा तीन दिन बैंकहरु खुल्ने

घोराहीमा दुई र तुलसीपुर क्षेत्रमा तीन दिन बैंकहरु खुल्ने

दाङ, ४ जेठ ।

दाङमा कोरोना भाइरसको संक्रमण देखिएसँगै थप कडाई गर्न थालिएको छ । जस अन्तर्गत केही दिनदेखि नियमित खुल्दै आएका बैंकहरुलाई अव हप्तामा दुईदेखि तीन दिनमात्र खुल्न दिइने भएको हो ।

जिल्ला सुरक्षा समिति दाङको बैठकले जिल्लामा रहेका बैंक तथा वित्तिय सस्थाहरुका लागि खुल्ने बार र समय निर्धारण गरेको छ ।

जसअन्तर्गत अव घोराही र लमहीमा हप्तामा दुई दिन मात्र बैंक तथा वित्तिय सस्थाहरु खुल्नेछन भने तुलसीपुर क्षेत्रमा हप्तामा तिन खुल्ने भएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन ।

समितिले घोराही र लमही क्षेत्रमा सोमवार र विहिवार विहान १० बजेदेखि दिउसो २ बजेसम्म तथा तुलसीपुर क्षेत्रमा हप्तामा आइतवार, मंगलवार र विहिवार विहान १० देखि दिउसो २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको हो । साथै बैठकले सामाजिक दुरी पालना गरेर मात्र बैंकिङ सेवा लिदा अनिवार्य रुपमा नियमको पालना गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*