Home / Feature Breaking news / सिद्ध रत्न नाथ मावि नारायणपुरमा डिजिटल मतदानबाट क्याप्टेन छनोट

सिद्ध रत्न नाथ मावि नारायणपुरमा डिजिटल मतदानबाट क्याप्टेन छनोट

दाङ, १७ जेठ ।

घोराहीको सिद्धरत्ननाथ माध्यामिक विद्यालयले विद्युतीय माध्यमबाट मतदान गरेर विद्यालय र कक्षा क्याप्टेन चयन गरेको छ । घोराही–१० नारायणपुरमा रहेको विद्यालयले शुक्रवार विद्युतीय माध्यमबाट मतदानको व्यवस्था गरेर पहिलो पटक विद्यालय र कक्षा क्याप्टेन चयन गरेको हो ।

निर्वाचनमा विद्यालयको क्याप्टेनमा विद्यार्थी शिशिर खत्री निर्वाचित भएका छन् । मतदानमा खसेको ६ सय २३ मतमध्ये दुई सय १६ मत प्राप्त गर्दै खत्री क्याप्टेनमा निर्वाचित भएका हुन । आठ जना विद्यार्थीले प्रतिष्पर्धा गरेको निर्वाचनमा खत्रीका निकटतम प्रतिष्पर्धी जेशिका चौधरीले एक सय २६ मत प्राप्त गरिन । त्यसैगरी निखिल सुनारले ८८, अंकुरप्रसाद यादवले ७९, शिरिश बुढामगरले ६१, दिलिप सुनारले ३८, दोर्णकला विकले १४ र बिपिन चौधरीले एक मत मात्र प्राप्त गरेको निर्वाचन संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक भुपबहादुर रावतले जानकारी दिएका छन् ।

त्यसैगरी कक्षा ६ ‘ए’ को क्याप्टेनमा शिशिर केसी र बिनोद विक, कक्षा ६ ‘बि’ मा मनजीता विक र प्रतिक नेपाली, कक्षा ६ ‘सि’ मा रितु विश्वकर्मा र सुवासकुमार विक, कक्षा ७ ‘ए’ मा संस्कृति वली र सहदेव पुनमगर, कक्षा ७ ‘बि’ मा प्रिती वली र साजन विक, कक्षा ७ ‘सि’ मा कल्पना बस्याल र भीमसेन डाँगी निर्वाचित भएका छन् । कक्षा ८ ‘ए’ मा समिर खनाल र गौरव रोका, कक्षा ८ ‘बि’ मा हेमराज पुनमगर र आकृति चौधरी, कक्षा ८ ‘सि’ मा मिलन वली र सोनिया कसाई, कक्षा ८ ‘डि’ मा बिनोद वली र सिद्धार्थ रोकामगर निर्वाचित भएका छन् ।

कक्षा ९ ‘ए’ मा सागर अधिकारी र बविता पुन, कक्षा ९ ‘बि’ मा बिक्रम वली र पुनम बठामगर, कक्षा ९ ‘सि’ मा मिलन पुनमगर र प्रतिज्ञा भण्डारी, कक्षा ९ ‘डि’ मा असिम मगर र यमुना बुढामगर, कक्षा ९ ‘इ’ मा निशा पुनमगर र भूमिका बुढामगर निर्वाचित भएको निर्वाचन संयोजक भण्डारीले जानकारी दिएका छन् । कक्षा १० ‘ए’ मा सदिक्षा घिमिरे र कोमल केसी, कक्षा १० ‘बि’ मा आशिष रोकाय र सुजन बस्नेत, कक्षा १० ‘सि’ मा सजिना बस्नेत र अविषेक बोहरा, कक्षा १० ‘डि’ मा अंशु बुढामगर र गौरव चौधरी र कक्षा १० ‘इ’ मा दिनेश रोकामगर र कमला परियार निर्वाचित भएका छन ।

निर्वाचनमा विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत ८ सय ५० जना विद्यार्थीमध्ये ६ सय २३ जना विद्यार्थीले मतदान गरेका थिए । विद्यार्थीलाई निर्वाचन प्रक्रियाका बारेमा जानकारी दिने र परम्परागत रुपमा भइरहेको मतदानभन्दा फरक ढंगले छिटो र छरितो रुपमा सम्पन्न गर्नका लागि नयाँ अभ्यासन गरिएको विद्यालय व्यवस्थापन समितिका प्रधानाध्यापक उत्तम खनालले बताए । प्रधानाध्यापक खनालका अनुसार निर्वाचनका लागि विद्यालयका शिक्षकहरुले विद्युतीय सप्टवेर निर्माण गरेका थिए । त्यसको नेतृत्व आइटी संयोजक बामदेव बस्नेतले गरेको प्रधानाध्यापक खनालले बताए ।

‘विद्यालयमा डिजिटल कक्षा सञ्चालनका लागि शिक्षकलाई ल्यापटपसँगै एआईलगायतका तालिमको व्यवस्था गरेका थियौ’,विद्यालयका प्रधानाध्यापक खनालले भने,‘त्यही तालिममा सहभागी शिक्षकहरुले निर्वाचनका लागि आवश्यक पर्ने सप्टवेर निर्माण गरेर आज निर्वाचन गरेका छौ । यो सम्भवत जिल्लामै समुदायिक विद्यालयको पहिलो अभ्यास हो ।’ निर्वाचनका लागि प्रत्येक कक्षा कोठमा ल्यापटपको व्यवस्था गरेर करिव दुई घण्टामा मतदान सकेर २० मिनेटमा सलाईटका माध्यमबाट नतिजा सार्वजनिक गरेको बताए । ‘निर्वाचन गर्नुभन्दा पहिले नमूना अभ्यास गरेर सप्टवेर कत्तिको विश्वसनीय छ भनेर परीक्षण गर्ने काम गरेका थियौ’,प्रधानाध्यापक खनालले भने,‘नमूना अभ्यासका क्रममा सफल भएपछि मतदान गरेका हौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*