Home / Feature Breaking news / नाडेज्दा कपमा नेपालको शानदार बिजयी

नाडेज्दा कपमा नेपालको शानदार बिजयी

काठमाडौं,२२ भदौ । नाडेज्दा कपमा नेपालले शानदार बिजयी सुरुवात गरेको छ । खेलमा घरेलु टोली किर्गिस्तानलाई ८–२ को गोलअन्तरले पराजित गर्दै नेपालले शानदार सुरुआत गरेको हो । नेपालको जितमा साबित्रा भण्डारी भण्डारीले ४ र अनिता बस्नेतले २ गोल गर्दा कप्तान निरु थापा र दिपा राइले एक–एक गोल गरेका थिए ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको हो । ३० औं मिनेटमा ह्याट्रिक गरेकी नेपालकी सावित्रा भण्डारीले दोस्रो हाफमा १ गोल थप्दा अर्को गोल अनिताले गरेकी हुन् ।

यसअघि उनले खेल सुरू भएको चौथौं मिनेटमा नै टोलीलाई अग्रता दिलाएकी थिइन् । १५ औं मिनेटमा दोस्रो तथा ३० औं मिनेटमा ह्याटिक गरेकी साबित्राले ५४ औं मिनेटमा टोलीका लागि सातौं तथा ब्यक्तिगत चौथो गोल गरीन् ।

त्यसअघि दिपा राइले २५ औं मिनेटमा गोल गरेकी थिइन् । अनिताले ३४ औं मिनेटमा गोल गर्दा कप्तान निरुले ३७ औं मिनेटमा गोल गरेकी थिइन् । खेल सकिन एक मिनेट बाँकी रहँदा अनिताले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ८–२ को जित दिलाएकी हुन् ।

किर्गिस्तानले १९ औं मिनेट तथा २२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पारेपनि त्यसपछि सम्हालिन नसक्दा निरन्तर गोलको सिकार भयो । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेपनि किर्गिस्तानले गोल गर्न नसक्दा घरेलु मैदानमा फराकिलो हार ब्यहोरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*