दाङ,५ कार्तिक । काग्रेसले जनताको भावना बुझन गाउँ पस्नु पर्ने नेपाली काग्र्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले बताएका छन ।
टे«ड युनियन काग्रेस दाङले बिजया दशमी,शुभदिपावली तथा छट पर्वको अवसरमा सुभकामना अदान प्रदान एव प्रचलित श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य गिरीले विगतको कमजोरीवाट पाठ सिक्दै कम्युनिष्ट सरकारवाट निराश बनेका जनतालाई भेट्नुपर्ने बताएका हुन ।
काग्रेसलाई संगठित र व्यवस्थीत पार्टी बनाउनकालागि देशको नयाँ संरचना अनुसार पार्टीले विधान संशोधन गर्न थालेको भन्दै केन्द्रीय सदस्य गिरीले विधान संशोधनसँगै पार्टी नयाँ संरचनामा जाने बताएका हुन । विधान संशोधनले काग्रेसलाई संगठित एव व्यवस्थीत पार्टी बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन। काग्रेस पार्टी निर्माणसँगै प्रजातन्त्रका लागि टे«ड यु्नियन काग्रेसले महत्वपुर्ण भुमिका निर्वाह गरेको नेता गिरीको भनाई थियो ।

देशलाई अप्ठेरो परिस्थीतिमा सहयोग गर्ने टे«ड युनियनकर्मीहरुलाई राज्यले सम्झनुपर्ने बताए । साथै नेता गिरीले बर्तमान सरकारले कामभन्दा कुरा धेरै गर्ने गरेको भन्दै यो सरकारवाट देशको समृद्धि हुन नसक्ने बताएका थिए । टे«ड युनियन काग्रेस दाङका अध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले ट्रेड युनियन अधिकारसँगै काग्रेसलाई बलियो बनाउन सवैका विचमा एकता हुनुपर्नै बताएका थिए । ट्रेड युनियन कमजोर काग्रेस कमजोर हुने र काग्रेस कमजोर हुदा लोकतन्त्र कमजोर हुने भएकाले काग्रेस लोकतन्त्रलाई बचाउन टे«ड युनियन बलियो हुनुपर्ने बताएका थिए ।
साथै काग्रेसभित्रको खराव भावनालाई हटाएर शुद्ध भावनाले काग्रेसलाई बलियो बनाउन सवै लाग्नुपर्ने सहभागीहरुले सुझाव दिएका थिए । टे«ड युनियन सम्वन्धी समस्या समाधानकालागि श्रम आयोग गठन गर्न सुझाव दिएका थिए ।
काग्रेसका नेपाली काग्रेसका जिल्ला सभापति कृर्तिबहादुर खड्का, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद राजु खनाल, बुद्धिराम भण्डारी, नेपाली काग्रेस दाङका सचिव शंकर डागी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, टे«ड युनियन काग्रेसका उपमहासचिव गणेश केसी, टे«ड युनियन काग्रेसका पूर्व केन्द्रीय उपाध्यक्ष बमबहादुर डिसी, टे«ड युनियन काग्रेसका प्रदेश अध्यक्ष मुकुन्द अधिकारी,नेपाली काग्रेसका क्षेत्रीय सभापति जगत खड्का,नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष अर्जुन योगी,शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष पूणबहादुर डिसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा टे«ड युनियन काग्रेसमा आवद्ध नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
RaptiSandesh RaptiSandesh