Home / Feature Breaking news / परिवारको दैनिक टर्चरवाट मानसिक स्वस्थ्यमा असर

परिवारको दैनिक टर्चरवाट मानसिक स्वस्थ्यमा असर

 

 

 

 

 

          लक्ष्मी ढकाल

तारा(काल्पनिक नाम) पढने खेल्ने उमेरमा विवाह के हो केही थाहा नभएको उमेरमा वालविवाह भएको पनि अहिले वर्षौ भयो ।

माइतीमा आमा वावाको माया अपार पाएकी घरमा पनि त्यस्तै पाउछु भन्ने सोचाई थियो तर सवै सपनामा मात्र सिमित रहयो । विवाह भएको समयदेखि अहिले सम्म उनले कहिले आफनो परिवारवाट माया पाएको अनुभुती गरेकी छैेनन ।

वालविवाह भएता पनि उनी परिवारसँग लडेर नै आफनो पढाईलाई भने निरन्तरता दिइरहीन् । उनलाई विवाह पश्चात नै लाग्यो मेरो जिवन अन्धकार छ । पढाइ विना म अगाडि वढन सक्दिन । मैले पढेर जागिर खान थाले भने मेरो परिवारको माया अवश्य नै पाउछु भन्ने लाग्यो । उनी धेरै संघर्ष गरिकन अरुको काम गर्दै घर व्यवहार सम्हाल्दै अरुलाई थाहा नै नदिई पढने काम गरिन ।

उनी दिनभर काम मा व्यस्त हुन्थिन् रातमा सुत्ने समयमा उनी पढ्ने गर्दथिन । कसरी हुन्छ परिवारलाई खुसी बनाउनमा उनको ध्यान हुन्थ्यो । सबै म आफै गर्छु भनेर घरको सम्पुर्ण जिम्मेवारी आफैले लिने गर्दथिन् तर पनि उनले जति गरेपनि परिवारले कहिले साथ दिएनन् ।

हरेक व्यवहार चलाउन उनलाई नै दिइन्थ्यो उनीसँग केही नभएपनि रिण सापटी गरेर घरखर्च चलाउने देखि लिएर हरेक समस्याहरुको सामना उनी आँफैले गर्नुपर्दथ्यो। उनी अरुको अगाडि वाध्यताले हास्नुपर्दथ्यो ।

उनको अनुहार सधै मलिन हुने गर्दथ्यो । उनलाई लाग्थ्यो मेरो अनुहार देखेर अरुले मेरो समस्या थाहा पाउछन् कि भन्ने पनि सोच आउथ्यो र खुसी हुन खोज्थीन् तर सक्दिनथीन् । उनले आफनो मनको पिडा कसैलाई सुनाउन सक्दिनथीन । सुनाउत मलाई कसले नै के गर्छ र नसुनाउ त मनको पिडाले रातभर छटपटिन्थीन् ।

उनलाई मानसिक स्वास्थ्यको वारेमा राम्रोसँग ज्ञान पनि थियो तर पनि उनले आफुलाई सम्हाल्न सक्दिनथीन । परिवारवाट वारम्वार हरेक साना साना कुरामा उनलाई भनाई आइरहने ,टर्चर दिइरहने, भइ नै रहन्थ्यो । मध्यम वर्गिय परिवार भएता पनि उनलाई सधै अभाव अभाव नै हुने गर्दथ्यो ।

आफनो इच्छा, चाहनालाई मारेर वालवच्चा,परिवारकै लागि रातदिन खटिरहन्थीन । परिवार आर्थिक रुपमा वलियो हुदा पनि उनलाई साथ नदिई उल्टै उनलाई कसरी हुन्छ उनीसँग भएको धनसम्पति, पैसा सवै सकिदिन खोज्थे । माइतीमा गएर भनोस त माइतीलाई झनै पिडा हुने, श्रीमानसँग भनोस श्रीमान नै आमावासँगै मिल्ने र फेरी घरमा उही झगडा हुने हुदा उनलाई असैह्य हुने गर्दथ्यो ।

घरमा भनाई नखाएको दिन कहिले हुदैन । बाहिरीबाट हेर्दा उनको परिवारमा केनै होला र सबै शिक्षित छन्, जाने बुझेको नै भन्ने अरुलाई लाग्ने खालको थियो तर तारा सधै दिनमा नरोएको दिन हुदैनथ्यो ।

उनी एकदमै सोझो थिइन । सकेसम्म सहेर बस्ने र एक्लै रोएर वस्ने गर्दथिन । वर्षौ देखि धेरै पिडा पाउन थालेपछि उनको मनले थेग्न सकेन । विश्वास गरेको व्यक्तिलाई केही कुरा त सुनाउथिन तर कती सुनाउनु मलाई के नै सहयोग होला र भनेर उनी मौन पनि वस्न थालिन । अति नै मनमा विचार आइरहन थालेपछि त्यो विचार परिवर्तन गर्न नसकेर उनी कयौ पटक गलत निर्णय लिएर आत्महत्याको लागि पनि गइन् तर उनले ज्यानलाई मार्न सकिनन ।

आफु विवाह देखि अहिले सम्म हिंसामा परिरहदा पनि म बुझेको मान्छे नै चुप छु भने अरु नवुझेको मान्छेको झनै के हालत होला भनेर प्रहरी समक्ष पुगीन तर उनीमा आट र हिम्मत नै आएन । फेरी मौन नै छिन् । मनले आफनो पिडा व्यक्त गर्छु भनेर त सोच्छीन तर अहिले उनको मनले कसैलाई विश्वास गर्दिन ।

सवै त्यस्तै हो आफुले गर्न सक्दा र कामको आवश्यकता पर्दाका मात्र हुन आफुलाई दुखमा पर्दा पिडामा पर्दा तेरो लागि मछु है भन्ने कोही हुदैनन । आफुले अरुवाट कुनै माया ममता र सहयोग पाइदैन भने आफुले मात्र किन गर्ने भन्ने सोच आउछ ।

तारा कयौ महिना देखि रातमा निदाउन सकेकी छैनन्, भोक छैन, कुनै काम प्रति जागर छैन, कसैसँग नजिक भएर कुराकानी गर्न मन लाग्दैन, मनमा अनेक विचार आइरहन्छ, मन आत्तिन्छ, दुखी भएको अनुभुती हुन थालेको छ । म एक्लो छु मेरा लागि को नै छ र भन्ने भान हुन्छ ।

आफुलाई बुझने व्यक्तिहरु पनि टाढिदै गएको अनुभुति भइरहन्छ । आफु वसेको ठाउ छोडेर अन्यत्र जाउ भन्ने दोहोरो मन भइरहन्छ । दिनहु शारिरीक रुपमा शिथील हुदै गएको अनुभुती हुन्छ ।

रिस वढि उठने,दिक्क लाग्ने,टाउको धेरै दुख्ने,अरुसँग घुलमिल हुन नसक्ने, कसैसँग प्रतिकार गर्न नसक्ने,अरुप्रति माया र विश्वास घटदै गएको,कमजोर हुदै गएको लक्षणहरु उनीमा वढदै गएको वताउछिन ।

तारा भन्छीन मैले आफनो भावना र पिडा कसैलाई सुनाउन सकिन र परिवारलाई सम्झाउन र बुझाउन पनि सकिन,सामनाका उपायहरु धेरै अपनाए । आफुले आफुलाई समय दिइरहेकी छु केही मात्रामा समस्याहरु क्म भएका छन तर पनि म कता हराइरहेकी छु ।

त्यसकारण मेरो भावना र पिडा कुनै संचार माध्यममा लेखिदिनु जुन हेरेर,पढेर मेरो परिवारलाई पनि अनुभुती होस कि हामीले गरेको व्यवहार जस्तै कसैले भोगेको रहेछ । यस्तो गर्नुहुदैन रहेछ भन्ने महशुश होस । उहा त एउटा उदाहरणिय पात्र मात्र हुनुहुन्छ ।

उहाले मनोविमर्शको दौरानमा व्यक्त गरेका भावना हुन ।यस्ता कयौ महिलाहरुले घरवाट धेरै पिडा भोगेका कारण मानसिक तनाव मै जिवन जिइरहेका छन ।

हरेक व्यक्ति हरेक हिसावले स्वस्थ रहन पाउनु उसको नैसर्गिक अधिकार हो । हाम्रो शरीरमा शारिरीक दुर्वलता चोटपटक नहुदैमा हामीहरु स्वस्थ छौ भन्न सकिदैन । हामी स्वस्थ हुनका लागि स्वस्थ मन स्वस्थ सोचाई,हुनु आवश्यक छ । शरीर र मनको सम्वन्ध जोडिएको हुन्छ ।एकको असर अर्कोमा पर्छ ।शरीरमा पर्ने असरले मनमा मनमा पर्ने असरले शरीरमा प्रभाव पारिरहेको हुन्छ ।

मानसिक स्वास्थ्य अवस्था त्यस्तो त्यस्तो अवस्था हो । जव व्यक्तिले आफनो क्षमतालाई पहिचान गर्न,पजवनका तनावजन्य अवस्था सँग सामना गर्न सक्छ तथा उत्पादनशिल र प्रभावकारी रुपले काम गर्न र समुदायमा केही योगदान दिन सक्षम हुन्छ । कुनै पनि व्यक्ति स्वस्थ रहन शारिरीक,मानसिक,सामाजिक साथै आध्यात्मिकरुपले पनि स्वस्थ हुनु आवश्यक छ ।

हाम्रो जिवनका हरेक कालखण्डमा आउने उतार चढाव,व्यस्त जिवनशैली,आधुनिक प्रविधी,प्रकृतीजन्य प्रकोप पारिवारिक विखण्डन,घरेलु हिंसा,शारिरीक हिंसा,मानसिक हिंसा,तनाव,दिर्घरोग,यौनदुव्यवहार,असफलता,महामारी,द्धन्द जस्ता विभिन्न कारणले कुनै पनि व्यक्तिका भावना,विचार,सोचाई र व्यवहारमा असर पर्ने गर्छ । यो समस्याको उपचारको वारेमा धेरै व्यक्ति अनभिज्ञ नै रहेका छन ।

जव व्यक्तिका सोचाई,व्यवहारमा नकारात्मक असर पार्न थाल्छ । उनीहरुको दैनिकीमा असर पर्न थाल्छ । उनीहरु विना कारण,डराउने,दिक्क मान्ने,अत्यधिक मात्रामा रुने,ध्यान केन्द्रित गर्न नसक्ने,छटपटी हुने,काममा धेरै सक्रिय वा निस्क्रिय हुने,निन्द्रा नलाग्ने,टाउको दुख्ने, मन आत्तिने,एक्लै वस्न मन लाग्ने,चिडचिडापन हुने,मुटु ढुकढुक हुने,शरीर काप्ने,वान्ता आउन खोज्ने,छिटै रिसाउने,आक्रमक हुने,एक्लोपनको महशुश गर्ने,आफनो साथै अरुलाई चोट पुयाउने व्यवहार गर्ने, आत्महत्याका सोच आउने,शरीरका अंगहरु दुख्ने,कसैलाई विश्वास नगर्ने जस्ता लक्षणहरु देखिन थाल्छ ।

अहिले मानसिक तनावका कारण आत्महत्याका घटनाहरु वढिरहो छन ।जसरी हाम्रो शरीरमा चोट पटक लाग्यो या ज्वरो आयो भने उपचारका लागि अस्पतालमा जान्छौ त्यसै गरी मनमा समस्या आयो भने आफनो सोचाइमा ध्यान दिन जरुरी छ ।

जव हाम्रो मनमा भावनात्मक असर देखा पर्छ या महशुश हुन्छ समस्यालाई सामना गर्ने तिर ध्यान दिनु पर्छ । सामना गर्ने केही व्यवहारहरु पनि रहेका छन ।

खानपानमा ध्यान दिने,मनका समस्यालाई वेवास्ता गर्ने,ध्यान,योग, श्वासप्रश्वास अभ्यासहरु गर्ने,आफुलाई व्यस्त राख्न प्रयास गर्ने,धेरै समय एक्लै नवस्ने,मनोरन्जन गर्ने,आफनो नियन्त्रण भित्रका क्रियाकलापहरु गर्ने,आपनो मन पर्ने व्यक्तिहरुसँग सम्पर्कमा रहने, मनको पिडा आफुले विश्वास गर्ने व्यक्तिलाई सेयर गर्ने,आफनो स्वहेरचाहमा ध्यान दिने,सकारात्मक सोच्ने,। इति गर्दा पनि भएन भने मनोविमर्शकर्ता,मनोविद,मनोचिकित्सकसँग भेटेर सहयोग लिने गर्नुपर्छ ।

जसरी मेरो टाउको दुख्यो,शरीर दुख्यो, ज्वरो आयो भन्न सक्छौ त्यसै गरी मेरो मन दुखुेको छ भन्ने वानी बसाल्नुपर्छ र अरुले पनि मन दुखेको वेलामा जतिसक्यो सहयोग पुर्याउनुपर्छ ।

ढकाल नेपाल महिला सामुदायिक सेवा केन्द्रमा कार्यरत वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*