Home / Feature Breaking news / व्यापार घाटा प्रमुख समस्याः राणा

व्यापार घाटा प्रमुख समस्याः राणा

दाङ, २० माघ
नेपाली कांग्रेसका युवा नेता उदयशमसेर राणाले व्यापार घाटा अहिलेको प्रमुख समस्या भएको बताएका छन् ।

नेपाल तरुण दल दाङको आयोजनामा आईतवार घोराहीमा भएको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै राणाले निजी क्षेत्रको लगानी हुन नसक्दा र विदेशी लगानी हुन नसक्दा व्यापार घाटा अत्यधिक भएकाले यो नै अहिलेको प्रमुख समस्या भएको बताएका हुन् । यसका कारण देश अर्थतन्त्रमा ओरालो लागेको उनको भनाई छ ।

तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष एवं पूर्व अर्थ राज्य मन्त्री राणाले दुई तिहाई भनिएको शक्तीशाली सरकारले लगानीको सुनिश्चीतता गर्न नसकेकाले नै नेपालमा निजी क्षेत्रको लगानी हुन नसकेको बताए ।

वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको उनको भनाई छ । सरकारले कर बढाउनुभन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको भन्दै उनले सरकारलाई यसतर्फ ध्यान दिन राणाले आग्रह गरे ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राणाले सरकारले अपराध रोक्न नसकेको भन्दै पिडीतले न्याय पाउनुपर्ने बताए । निर्मला पन्तको हत्याको विषयमा सरकारले निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर्नुपर्ने राणाकोभ नाई थियो ।

कार्यक्रममा प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सभापति कृर्तिबहादुर खड्का, क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी, गिरिराज सुवेदी, महासमिति सदस्य खगराज पाण्डे, महिला संघ दाङका अध्यक्ष गोमा रावत, नेविसंघका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सचिव धुब्र आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*