Home / Election / उमेद्वारमाथी आक्रमणः हार मानसिकताले बाम गठबन्धन अत्तालियो– न्यौपाने

उमेद्वारमाथी आक्रमणः हार मानसिकताले बाम गठबन्धन अत्तालियो– न्यौपाने

दाङ, १७ मंसीर
दाङमा उमेद्वारमाथी आक्रमण भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रम एक समूहले आक्रमण गरेको स्थानीयबासीले बताएका छन् ।

शनिवार बेलुकी तुलसीपुर उपहानपालिका १६ मानपुर मजगाँउमा कांग्रेसले आयोजना गरको चुनावी सभाका क्रममा १५÷१६ जनाको समूहले एक्कासी आक्रमण गरेको थियो ।

उमेद्वार भरतबहादुर न्यौपानेमाथी आक्रमण गर्न खोजेका उनीहरुले कार्यक्रम स्थलका कुर्सीहरु तोडफोड गरेको नेविसंघका नेता प्रचण्डदेव न्यौपाने(गुन्टु)ले जानकारी दिनुभयो । मानिसहरुलाई चोट नलागेपनि त्यस आक्रमणले स्थानीयबासीहरु त्रसित भएका थिए ।

यसैबीच उमेद्वार भरतबहादुर न्यौपानेले हारको मानसिकताबाट अत्तालिएर आफूमाथी आक्रमण भएको बताउनुभएको छ ।

उनले शान्तपूर्वक कार्यक्रम गर्दै गरेको अवश्थामा हारको मानसिकताबाट अत्तालिएर आफूमाथी आक्रमण भएको बताउनुभयो । राप्ती सन्देश अनलाईनसँग कुरा गर्दै उहाँले आँफू शान्तपूर्वक ईमान्दारिताकासाथ चुनावी प्रचारमा रहेको समयमा बाम गठबन्धनले आफूमाथी आक्रमण गरेको आरोप लगाउनुभयो ।

साथै यस्ता क्रियाकलाप रोक्न प्रशासनलाई उहाँले अनुरोध गर्नुभएको छ । यदी प्रशासनले नरोकेमा आफूहरु पनि चुप लागेर नबस्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*