Home / समाचार / दाङमा बढ्दै कृषि यन्त्रशालाको प्रयोग

दाङमा बढ्दै कृषि यन्त्रशालाको प्रयोग

 

दाङ,२२ जेठ । सानो लगानीमा किसानहरु घरमै उद्यमी बन्न सक्ने भएपछि पछिल्लो समय जिल्लामा किसानहरु कृषि यन्त्रीकरणतर्फ लागेका छन ।

 

कृषि यान्त्रीकरणका माध्यमवाट कृषि व्यवसाय गर्न सहज हुने भएपछि किसनहरु यान्त्रीकरणको प्रयोग गर्न थालेका हुन । किसानहरुले उत्पादन गरेका कृषि जन्यवस्तुहरु कुटानी पिसानीदेखि मकै, धान, गहु,मसुरोलगायतका बालीहरु छोडाउनकालागि यान्त्रीकरणको प्रयोग बढ्दै गएको घोराही उपमहानगरपालिका वडा नं. १५ बुद्धिचोकमा रहेको किसान कृषि यन्त्रशालाका सञ्चालक सुमित्रा भटराई बताउनुहुन्छ ।  ‘सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने र घरमै राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय कृषि यान्त्रीकरणको प्रयोग बढ्दै गएको उहाँको भनाई छ । dd

 

उहाँका अनुसार किसानहरुले सिङगल फेस विद्युतवाट धान कुट्ने सेलर, पिठो पिस्ने चक्की, धान, गहु, मसुरो झार्ने मेसिनलगायतका कृषिसँग सम्वन्धी विभिन्न उपकरणहरु किन्न आउने किसानहरु बढ्दै गएका छन । त्यसमा पनि खेत जोत्ने रोटर ट्रयाक्टर, धान, गहु, मसुरो झार्ने मेसिन, मकै छोडाउने मेसिनको माग  बढेको किसान कृषि यन्त्रशालाका सञ्चालक भट्राईको भनाई रहेको छ ।

 

त्यस्तै सेलर,चक्की भएको आधुनिक मिल, मकै छोडाउने मेसिन, घाँस÷पराल काट्ने मिल,रोटर ट्रयाक्टर,तोरी पेल्ने मेसिन,पानी तान्ने पम्प,कुखुरा खुइल्याउने मेसिनलगाएतका कृषि सम्वन्धी उपकरणहरु एकैै स्थानमा पाइने सञ्चालक भट्राईले बताईन । करिव दुई महिनाका विचमा १५ देखि २० वटासम्म बिभिन्न उपकरणहरु विक्रि भईसकेका भटराईले जानकारी दिईन ।

 

यी उपकरणहरु घरमा जडान गरिएको सिङगल फेस विद्युतवाट चलाउन सकिने भएकाले प्रयोग गर्न किसानहरुलाई सहज हुने गरेको किसान कृषि यन्त्रशालाका सागर खत्रीले बताए । उनका अनुसार दाङसहित राप्तीका सल्यान,रोल्पा,रुकुमलगाएतका जिल्लाहरुमा समेत कृषि उपकरणहरुको माग बढ्दै गएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*