Home / Feature Breaking news / भाषणमा जस्तै गरि समाजवाद ल्याउन सजिलो छैन कानुन मन्त्री केसी

भाषणमा जस्तै गरि समाजवाद ल्याउन सजिलो छैन कानुन मन्त्री केसी

तुलसीपुर, २२ जेठ । प्रदेश नं  ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले भाषण गरे जस्तै गरि समाजवाद ल्याउन सजिलो नभएको बताएका छन् । मंगलवार दाङको तुलसीपुरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ ५ नं. प्रदेशको प्रथम साधारण सभालाई सम्वोधन गर्दै मन्त्री केसीले त्यस्तो बताएका हुन ।
‘जनताले कायापलट चाहेको छ र हामीले त्यो समाजवादको सपना देखाएका पनि छौं, तर विकास विना भाषण गरे जस्तै गरि समाजवाद ल्याउन सजिलो छैन ।’ मन्त्री केसीले भने । विकासको चाहाना गुणात्मक रहेको भएपनि सबै संरचना पश्चगामी रहेको हुँदा सपना देखाइ जस्तै गरि विकास गर्न कठिन रहेको केसीले बताए । त्यस्तै उनले विकासकै कारण संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकाका विचमा द्धन्द निम्तन सक्ने खतरा पनि औंल्याएका छन् ।
संघीय सरकारले विदा नदिएको भएपनि गणतन्त्र दिवसको दिन आफुले प्रदेश नं। ५ मा सार्वजनिक विदा घोषणा गर्दा तरंग ल्याएको उनले दाबी गरे । निश्चित समुदायका पर्वहरु माघीमा, छड र ईदमा एक दिनको विदाको व्यवस्था गरिएको उनले बताए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य रेवतीरमण शर्माले सुशासनको पक्षमा र गलत कुराको विरुद्धमा खरो रुपमा कलम चलाउन आग्रह गरे । उनले असन्तुलित विकासले विग्रह ल्याउने भन्दै समान विकासको लागि सञ्चार जगतले खवरदारी गर्नुपर्ने बताए ।

कार्यक्रमलाई तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे, घोराहीका मेयर नरुलाल चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सामुदायिक प्रशारक संघ अकोर्यावका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरी लगाएतका दर्जन बढी बक्ताहरुले सामुदायिक रेडियाका संभावना र चुनौतिका वारेमा धारणा राखेका थिए । कार्यक्रम अको¥यावका प्रदेश नं। ५ का अध्यक्ष केपी घिमिरेको अध्यक्षतामा भएको थियो । सामुदायिक रेडियोको प्रदेश भेलाले घोषणा पत्र तयार पारेर सार्वजनिक गर्ने प्रदेश सचिव संगित वस्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*