Home / Feature Breaking news / ‘मामै लोकगीत’ अव गिती नाटकमा

‘मामै लोकगीत’ अव गिती नाटकमा

दाङ,२३ जेठ । मगर समुदायको मौलिक लोक गित मामैमा आधारित गीति नाटक बन्ने भएको । मौलिक एव लोप उन्मुख कला सस्कृतिको संरक्षण गर्ने उद्देश्यले सास्कृतिक सस्थान (राष्ट्रिय नाच घर)ले गीति नाटक बनाउन लागेको हो । सस्थानका महाप्रवन्धक राजेश थापाले गीति नाटकको काम अघि बढेको बताए ।

‘मामै नाच’ को अध्ययनको लागि काठमाण्ठौवाट दाङ आईपुगेका थापाले घोराही उपमहानगरपालिका वडा नं. ४ सवारीकोटमा पुगेर लोक गीतको बारेमा अध्ययन तथा स्थानीयवासीहरु अन्तरक्रिया समेत गरेका छन् । ‘सवारीकोटमा पुगेर मामै नाच गीत सुन्दा गाएको सुन्दा अत्यन्त मिठास र मौलिक लागेको छ’,सञ्चारकर्मीहरुसँग भेटमा महाप्रवन्धक थापाले भने,‘ उक्त गीतको संरक्षणसँगै प्रचारप्रसारका लागि गीति नाटक बनाउने योजना बनाएका छौ ।’

मगर जातिहरुको मौलिक सस्कृतिको रुपमा रहेको मामैलाई संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले गीति नाटक बनाउने सोच बनाएको थापाले बताए । त्यसकालागि अव स्थानीयहरुले गाएको गीतका शव्दहरुलाई अध्ययन गर्ने र मिलाएर गित रेकर्ड गर्ने काम तत्कालै सुरु गर्ने सास्कृतिक सस्थानका सदस्य बिपिन आचार्यले बताए । ‘गीत रेकर्ड गर्ने,संगीत भर्ने,गाउने काम सकेर आगामी साउने संक्रान्तिको अवसर पारेर सवारीकोटमै गीत नाटकको छायाङकन हुने आचार्यले बताए ।

गीति नाटक छायाङकनका लागि स्थानीय क्षेत्रमा समन्वयको काम सस्थानका सदस्य तथा नृत्य निर्देशक गोरनबहादुर चौधरीले गर्ने भएका छन । मामै नाच भनेको मगर जातिमा मामाकी छोरी माग्दा माछा भान्जाका विचमा गाईने गीत हो । त्यस्तै सस्थानले नेपालमा लोपउन्मुख अवस्थामा रहेका बाजा, गीत, लोक नृत्यसँगै सष्ठाहरुको संरक्षणका लागि पहल गर्दै आएको महाप्रवन्धक थापाले बताए । अहिले देशका सातै प्रदेशहरुमा लोकसस्कृतिको अनुसन्धान,नयाँ प्रतिभाहरुलाई प्रोत्साहनका लागि प्रशिक्षण,लोप उन्मुखक लोक सस्कृतिकको खोजी गरेर प्रकाशन एव प्रदर्शन गर्ने,मौलिक सस्कृतिको संरक्षण तथा संर्वद्धनका लागि बार्षिक मुखपत्र प्रकाशनसँगै देशका विभिन्न स्थानहरुमा प्रतियोगितात्मक कार्यक्रमहरु समेत गर्दै आएको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*