Home / Feature Breaking news / ६ जिल्लाका १० ठाउँमा शंकास्पद वस्तु, ५२ बन्दकर्ता पक्राउ

६ जिल्लाका १० ठाउँमा शंकास्पद वस्तु, ५२ बन्दकर्ता पक्राउ

६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा शंकास्पद वस्तु फेलापरेको हो । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको छ । “काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको छ,” उनले भने ।

देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

दाङमा ८ जना बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ साना दलले आह्वान गरेको नेपाल बन्दको क्रममा बन्द गराउदै हिड्ने ८ जनालाई प्रहरीले दाङमा पक्राउ गरेको छ । जिल्लाको घोराही र तुलसीपुरबाट ४÷४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*