Home / Feature Breaking news / आफ्नै टिप्परमा आगाे लगाउने तीन जना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

आफ्नै टिप्परमा आगाे लगाउने तीन जना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

घाेराही, ७ भदाै
नेपाल बन्दकाे माैकामा बिमा रकमकाे लाेभले आफ्नै गाडीमा आगाे लगाउने ३ जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । नेत्र विक्रम चन्द “विप्लव” काे नेतृत्वकाे नेकपा सहित चार साना दलले आह्वान गरेकाे नेपाल बन्दकाे क्रममा घाेराही-लमही सडकखण्डकाे कुईरेपानी बबई नदिकाे पुल नजिकै रा १ ख १६९४ नम्बरकाे टिप्परमा आगलागी भएकाे सुचनाका आधारमा प्रहरी पुगेर अनुसन्धान गर्दा सवारी धनी, चालक र सहचालकलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालप दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिनुभयाे ।
प्रहरीले पत्रकार सम्मेलन गरेर सवारी धनी, चालक र सहचालकलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा सवारी धनी घाेराही उपमहानगरपालिका १८ का ४३ बर्षीय धनेश्वर भण्डारी, चालक राप्ती गाउपालिका ८ का ३२ बर्षीय अरूण चाैधरी र गढवा गाउपालिका ७ का १७ बर्षीय आकाश चाैधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गाैतमकाे कमाण्डमा गएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

टिप्परमा डिजल खन्याई आगाे लगाएकाे प्रहरीले जनाएकाे छ । टिप्पर पुरानाे भएकाले बिमा रकमकाे लाेभमा आफै आगाे लगाएकाे प्रहरीले बताएकाे छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ बमाेजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*