Home / Feature Breaking news / चार महिनामा ४ सय ३५ उद्यमी

चार महिनामा ४ सय ३५ उद्यमी

दाङ । जिल्लामा चालु आर्थिक वर्षको ४ महिनाको अवधीमा ४ सय ३५ नया उद्यमी थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ४ महिनाको अवधीमा दर्ता भएका ३ सय ६९ उद्योगमा गरी ४ सय ३५ जना नया उद्यमी थपिएका हुन ।

यसरी थपिएका नया उद्यमी मध्ये पुरुष ३ सय ७३ जना र महिला ६२ जना रहेको घरेलु तथा साना उद्योग कार्यालय घोराहीले जनाएको छ । कार्यालयका सुचना अधिकारी वामदेव खनालका अनुसार यसरी थपिएका मध्ये उत्पादन मुलक उद्योगमा ६७ जना पुरुष र ८ जना महिला थपिएका छन् । त्यसैगरेर सेवा मुलक उद्योगमा ६१ जना पुरुष र १८ जना महिला रहेका छन् ।

कृषि तथा वन्य उद्योगमा १ सय ८४ जना पुरुष र २७ जना महिला छन् । भने पर्यटन उद्योग तर्फ ६१ पुरुष र ९जना महिला रहेका छन् । चार महिनाको अवधीमा जिल्लामा थपिएका नया उद्योगहरु १ हजार १ सय २१ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा पुरुष १ हजार ७१ जना र महिला ५० जना रहेका छन् । उत्पादन मुलक उद्योगमा २ सय ३० जना पुरुष र ९ जना महिलाले रोजगारी प्राप्त गरेका छन् । सेवा मुलक उद्योगमा १ सय ६९ जना पुरुष र २१ ज्ना महिलाले रोजगार प्राप्त गरेका छन् ।

कृषि तथा वन जन्य उद्योगमा ४ सय ६३ जना पुरुषले र १५ जना महिलाले रोजगारी प्राप्त गरेका छन् । त्यसै गरेर पर्यटन उद्योग अन्र्तगत २ सय ९ जना पुरुष र ५ जना महिलाले रोजगार प्राप्त गरेका छन् । जिल्लामा ४० उद्योगको क्षेत्रमा ४० करोड ९४ लाख ८२ हजार ४ सय ४७ रुपैया लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । जसमा स्थिर पुजी २३ करोड ६२ लाख ४३ हजार ८ सय ६४ रुपैया लगानी भएको छ । भने चालु तर्फ १७ करोड ३२ लाख ३८ हजार ५ सय ८३ रुपैया पुँजी लगानी भएको छ ।

जिल्लामा चार महिनाको अवधीमा उत्पादन मुलक ६४ वटा उद्योग थपिएको सुचना अधिकारी खनालले जानकारी दिए । जसमा ग्रिल १९ वटा, फनिचर स्टिल समेत गरी ११ वटा, तयारी पोशाक उत्पादन ४ वटा, सुनचाँदी गहना ६ वटा, चाउमिन सस ३ वटा, तारजाली उद्योग १ वटा, सावुन सर्फ ३ वटा, भाडा उद्योग १, अचार जुस १, घरायसी सामान उत्पादन १ , अण्डा राख्ने ट्रे, वाकस, मिल,वोरा उत्पादन, न्यापिन उद्योग, पाउरोटी, विद्युतीय सामाग्री उत्पादन उद्योग १÷१ वटा रहेका छन् । डेरी उद्योग ३ र सिमेन्ट सामाग्री उत्पादन गर्ने उद्योग ३ वटा रहेका छन् ।

त्यसैगरेर सेवा मुलक उद्योग अन्र्तगत ६८ वटा उद्योग दर्ता भएका छन् । जसमासिलाइ कटाइ कढाइ ७ वटा, छपाइ सञ्चार ४ वटा, मर्मत उद्योग ८ वटा, वुटिक उद्योग ५ वटा, होस्टेल १, फेस हाउस २ वटा, निर्माण ९ वटा, ढुवाइ सेवा ७ वटा, पशिक्षण केन्द्र १, इन्जिनियरिङ कन्सल्टेन्सी ४ वटा, कपाल काटने १, फोटो स्टुडियो १, फिटनेस उद्योग १, व्यटिपार्लर ४ वटा, स्नुकर हाउस १ वटा, टेन्ट हाउस ३ यातायात सेवा १ र मिल ८ वटा दर्फा भएका छन् ।

कृषि तथा वनय जन्य उद्योग अन्र्तगत १ सय ८१ वटा उद्योग दर्ता भएका छन् । जसमा पोल्टी फर्म ८१ वटा, गाइ, भैसी फर्म १७ वटा, बाख्रा पालन १४ वटा मौरी पालन ६ वटा, बंगुर फर्म ११ वटा, माछा पालन १० वटा र वहुउदेश्य कृषि ४२ वटा थपिएका छन् । पर्यटन उद्योग होटल, तथा रेष्टुरेन्ट गरी५६ वटाउद्योग थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*