दाङ, ९ साउन
कांग्रेस दाङले भोली विहीवार कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य शेखर कोईरालासँग भेटघाट कार्यक्रम गर्ने भएको छ । जिल्ला कार्यसमितिको आयोजनामा हुने कार्यक्रममा सहभागि हुन कांग्रेसले सम्पूर्णमा अनुरोध गरेको छ ।
जिल्ला सभापति किर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले एक विज्ञप्ती निकालेर भोली विहीवार विहान साढे ११ बजे पार्टि कार्यालय घोराहीमा हुने कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनकालागि कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, केन्द्रिय समिति, जिल्ला, क्षेत्र, नगर, गाँउ, वडा समिति, सम्पूर्ण भातृ संघसंगठन, सुवेच्छुक संघसंस्थाहरुमा अनुरोध गर्नुभएको छ ।
RaptiSandesh RaptiSandesh