Home / Feature Breaking news / विधानसभा निर्वाचनको संकेत– मोदीलाई धक्का

विधानसभा निर्वाचनको संकेत– मोदीलाई धक्का

नयाँ दिल्ली । भारतमा मंगलबार भएको ५ वटा विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी०लाई धक्का लागेको छ । निर्वाचनको मुख्य कमाण्डरका रुपमा खटिएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि यसले अप्ठेरो अवस्था पार्ने देखिएको छ ।

बीजेपीको सरकार रहेको राजस्थानमा कांग्रेस ९२, बीजेपी ७९ र बहुजन समाज पार्टी (बीएसपी) तीन सीटमा अगाडि देखिएका छन् । अन्य ६ सीटमा निर्दलीय उम्मेदवार अगाडि पाइएका छन् । बीजेपीकै सरकार रहेको मध्य प्रदेशमा कांग्रेस ११६ र बीजेपी १०० सीटमा अगाडि छन् भने बीएसपी ७ र निर्दलीय १ सीटमा अगाडि पाइएका छन् । तेलगांनामा क्षेत्रीय दल तेलंगना राष्ट्र समिति ९टीआरएस० ७९, कांग्रेस २९ र बीजेपी दुई सीटमा अगाडि रहेका छन् । छत्तीसगढमा कांग्रेस ५६ र बीजेपी २७ सीटमा अगाडि रहेका छन् ।

भारतको मध्यप्रदेश र मिजोरममा नोभेम्बर २८, छत्तीसगढमा नोभेम्बर १२ र २० अनि राजस्थान र तेलंगानामा डिसेम्बर ७ मा चुनाव भएकोमा सबै स्थानको परिणाम आज घोषणा हुँदैछ । आजको मत परिणामले भारतमा को कति पानीमा छ भनेर नापजाँच मात्रै गर्ने छैन कि सन् २०१९को मे महिनामा हुने लोकसभा निर्वाचनको जोड–घटाउ तर्फ पनि यसले ठूलै संकेत गर्नेछ ।
अहिले चुनाव भएको पाँच प्रदेश मध्ये मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा लामो समयदेखि भाजपा नेतृत्वको सरकार छ भने तेलंगानामा तेलंगाना राष्ट्र समिति ९टीआरएस० र मिजोरममा कांग्रेस नेतृत्वको सरकार रहेको छ । यसअघि कांग्रेसको सरकार रहेको मिजोरममा अहिले ऊ दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा क्षेत्रीय दल अगाडि देखिएको छ ।

मूलभूत रुपमा भारतका जनताले केन्द्र र प्रदेशमा सत्ता चलाइरहेको दल भन्दा पनि विपक्षीलाई रुचाएको जस्तो संकेत प्रारम्भिक निर्वाचन परिणामले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*