Home / Feature Breaking news / काग्रेसको गाउँ जागरणः जनता सुन्दै सरकारलाइ खवरदारी

काग्रेसको गाउँ जागरणः जनता सुन्दै सरकारलाइ खवरदारी

दाङ ।  नेपाली कांग्रेसले गाउँ जागरण कार्यक्रमलाई तिब्र बनाएको छ । कार्यक्रममा जनताका आवाज सुन्ने र सरकारका नराम्रा कामको खवरदारी गर्ने कामलाइ मुख्य एजेण्डामा राखिएको छ । साथै समृद्धि र सुशासन र मानव अधिकार रक्षाका सवालमा पनि अभियान केन्द्रित रहेको नेपाली कांग्रेस दाङले जनाएको छ । अभियान जिल्लाका दशवटै स्थानीय तहहरुमा वडा ईकाईसम्म चल्ने छ । 

टुकिमुनिका जनताले कांग्रेस जोगाएको स्मरण गर्दै अभियान हरेक झुपडीका स्थानीयहरुको जनभावनालाइ समेट्नेतर्फ केन्द्रित हुने छ । स्थानीय तहमा जनताहरुका पिरमर्का सुन्ने र समाधानका लागि सहजीकरण गर्दै पार्टीका कार्यकर्ताहरुलाई उत्साह थप्ने गरि नेपाली काग्रेस दाङले गाउँ जागरण कार्यक्रम सञ्चालन गरेको हो । निर्वाचनमा पराजयपछि निराश भएका  कार्यकर्ताहरुको मनोवल बढाउने र पार्टीको संगठानात्मक आधारलाई स्थानीय तह  र वडाहरुमा मजवुत बनाउनका लागि चलाइएको हो’—कांग्रेस दाङका सभापति कृति खड्काले भने ।

शुक्रवारदेखि काग्रेसको जिल्ला नेतृत्व, क्षेत्रीय नेतृत्व, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत स्थानीय तहका नेता तथा कार्यकर्ताहरु कार्यक्रममा सहभागी छन । राजपुर गाउपालिका वडा नं. ७ सिक्टावाट सुरु भएको कार्यक्रम क्षेत्र नं. १ अन्तर्गत  सिक्टा, बसन्तापुर, गढवा,गंगापरस्पुर, प्रसेनी, महदेवा, भालुवाङ,मसुरियालगायतका स्थानहरुमा कार्यकर्ताहरुसँग भेटघाट गर्ने उनीसँग छलफल गर्दै अघि बढेको नेपाली काग्रेस दाङका जिल्ला सचिव शंकर डागीले बताए । उनका अनुसार अभियानका क्रममा जनतासँग भेट गर्ने, जनतालाई पार्टीको र वर्तमान सरकारले गरेका कामका बारेमा जानकारी गराउने, स्थानीय स्तरमा भैइरहेका विकास निर्माणका काम बारे जनतासँग बुझ्ने र जनताका समस्याहरु समाधानकालागि पहल गरिनेछ । 

गाउँ जागरण कार्यक्रमको मुख्य उद्देश्य काग्रेसको शक्ति स्थानीय तहमा कस्तो छ  भनेर बुझने र जनतालाई उत्साह थप्ने हो’,कार्यक्रममा सहभागी काग्रेस जिल्ला सचिव डागीले भने,‘त्यहि अनुसार पहिलो चरणमा देउखुरीवाट सुरु भएको छ,’ अभियानमा क्रममा काग्रेसका जिल्ला तहका नेताहरु जनताको दैलोमा पुग्ने र जनताका समस्याहरु बुझने काम गरेका छौ । उनका अनुसार अभियानका क्रममा काग्रेसका पुराना तथा नेता  नेता कार्यकर्ताहरुलाई  भेट्ने, पार्टीको सिद्धान्तका बारेमा बुझाउने लगायतका कार्यक्रम रहेको छ ।

निर्वाचनको क्रममा मात्र नभएर जनताका दु.ख सुखका कुरा सुन्न काग्रेस अन्य समयमा पनि जान सक्छ भन्ने सन्देश समेत यो कार्यक्रमले दिएको डांगीले बताए । कार्यक्रममा नेपाली काग्रेस दाङ जिल्ला सभापति, पूर्व सभापतिहरुनेपाली काग्रेस जिल्ला पार्टी कार्यालय पदाधिकारी, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्य,महाधिवेशन प्रतिनिधिलगायतका नेता तथा कार्यकर्ताहरु सहभागी हुने गरेको उनले बताए ।

 

यो कार्यक्रम काग्रेसका नेता तथा कार्यकर्तालाई जगाउने कार्यक्रम हो’, उनले भने, ‘काग्रेसलाई सक्रिय बनाउने यो महत्वपुर्ण कार्य हो, यसलाई जिल्लाका सवै स्थानीय तहका सवै वडासम्म पु¥याउने कार्यक्रम रहेको छ ।महाधिवेशन प्रतिनिधिहरुको भेलापछि यो कार्यक्रमलाई जिल्लामा व्यापक रुपमा समेत चलाइने काग्रेस दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*