दाङ, २० फागुन । प्रदेश न ५ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०७५ छनोटका लागि दाङका खेलाडीहरु सोमवार नेपालगंज प्रस्थान गरेका छन ।
बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. ५ स्तरिय टिम तथा खेलाडी छनोटका लागि फागुन २१ देखि २४ गतेसम्म नेपालगंजमा संचालन हुने प्रतियोगितामा सहभागी हुनका लागि १६ जना खेलाडीहरुको टोली नेपालगंज प्रस्थान गरेका हुन ।
जसमा महिलातर्फ संचिता मगर, सरिता नेपाली, अश्मी पुनमगर, कविता लम्साल, नविना श्रेष्ठ, गिता पुनमगर, तुलसा पुनमगर, हुकुमा पुनमगरलगायतको टोली नेपालगंज पुगेको दाङ आइटीएफ तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सहभागीताका लागि पुरुष खेलाडीतर्फ प्रेम बुढाथोकी, एलिस नेपाली, टिकाराम पुन, टेकराज केसी, देवेन्द्र बुढामगर, हिमाल श्रेष्ठ, डम्वर बुढाथोकी र कृष्ण थापाको सहभागिता रहेको छ । खेलाडीहरुलाई संघका अध्यक्ष प्रेम बुढाले अविर टिकालगाएर विदाई गरेका थिए ।
RaptiSandesh RaptiSandesh