Home / समाचार / बेनेली बाईकको शोरुम घोराहीमा

बेनेली बाईकको शोरुम घोराहीमा

दाङ,३० मंसिर । तुलसीपुर पछि बेनेली मोटरसाईकलको शोरुम घोराहीमा पनि सञ्चालनमा आएको छ । गत भदौ २३ गते यो मोटरसाईकलको तुलसीपुरमा शोरुम सञ्चालन भएको थियो ।

तुलसीपुरमा शाखा सञ्चालनमा ल्याएका सन्जीव पछाईँ र सुन्दर शाहले घोराहीमा पनि शोरुम सञ्चालनमा ल्याएका हुन् । घोराही १५ स्थित रेडियो स्वर्गद्धारी एफएम नजिकै बेनेलीको शोरुम सञ्चालनमा ल्याईएको छ । ‘

जिल्लामा यो मोटरसाईलको प्रयोग र माग निकै बढेपछि हामीहरुले यसको बजारीकरणलाई थप बढाउने योजनामा पुगेका हौँ,’शोरुम सञ्चालक सन्जीव पछाइँले भने ‘ग्राहकहरुको मागलाई मध्यनजर गर्दै घोराहीमा पनि शाखा सञ्चालनमा ल्याएका छौँ, हामीलाई विश्वास छ हामी सफल हुनेछौँ ।’ ईटायिलन ब्राण्डका मोटरसाईकल बेनेली मोटरसाईकलहरु दुई लाख ३० हजार देखि १९ लाख मुल्य सम्मका राखिएका छन् ।

१ सय ३५ देखि ६ सय सिसि सम्म उपलब्ध हुने बेनेली मोटरसाईकल पछिल्लो पुस्ताका लागि रोजाईको मोटरसाईकल बनेको छ । घोराही स्थित शोरुममा, मोटरसाईकल सेल्स तथा सर्भिसको व्यवस्था गरिएको छ । साथै केहि समयमै मोटरसाईकल एक्सचेन्जको सुविधा समेत प्रदान गरिने पछाईँले वताए ।

मोटरसाईलकको स्तर अनुसार प्रत्यक मोटरसाईकलमा ६ हजार देखि १३ हजार सम्म नगद छुटको व्यवस्था समेत गरिएको समेत उनले जानकारी दिए । तुलसीपुर हुँदै घोराहीमा शोरुम स्थापना गरेका पछाईँ र शाहले निकट भविष्यमै लमहीमा पनि शोरुम स्थापना गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*