ओमप्रकाश गुप्ता
देउखुरी १५ कार्तिक ।
दाङमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर १७ जना घाईते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन् । मृतकहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उपचारको लागि लमही अस्पतालमा ल्याइएको छ । गढवा गाउँपालिका वडा नं. ६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं. ५ चिसापानी पुगेका थिए ।
वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
RaptiSandesh RaptiSandesh