Home / Feature Breaking news / दुर्घटना अपडेटः मृतकसहित दश घाइतेको पहिचान

दुर्घटना अपडेटः मृतकसहित दश घाइतेको पहिचान

दाङ,१५ कार्तिक । देउखुरीमा टेक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ अन्तर्गत गढवा–कोइलावास सडक खण्डको चिसापानीमा पिकनिक खाएर फर्कदै गरेको ट्याक्टरको ट्रली पल्टिएर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–६ मनिकापुर निवासी ११ बर्षीया निनु पुन, सोही ठाउँ निवासी १२ बर्षीया सिमा परिवार र १२ बर्षीया सुनिता पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परेर २३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गढवा गाउँपालिका–६ मनिकापुरका युवायुवतीहरु तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पिकनिक खानका लागि चिसापानी पुगेका थिए ।

पिकनिक खाएर फर्कदै गर्दा चिसापानी खोलाको ओरालोमा रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टेक्टरमा २६ जना सवार रहेका थिए । घ्टनामा चार जना गम्भीरु घाइते भएका छन भने बाँकी १९ जना मध्य रहेका छन । घाइतेहरुको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहका अनुसार दुर्घटनामा गढवा–६ मनिकापुर निवासी १२ बर्षीय मनिका राना, सोही ठाउँ निवासी २६ बर्षीय प्रसान्त केसी, १२ बर्षीया सुजाता आले, १२ बर्षीया आकाश राना,११ बर्षीय सुशील परियार, १२ बर्षीय आयुष शाह, १५ बर्षीय भीमाकुमारी घर्तिलाई थप उपचारका लागि बाँके रिफर गरिएको छ ।

त्यस्तै गरि सोही ठाउँ निवासी १४ बर्षीय बिबेक पुन मगरको फ्लोरेन्स अस्पताल लमही, १३ को आयुष केसी र १३ बर्षीया बिपिन रानाको लमही अस्पत्ताल लमहीमा उपचार भईरहेको छ छ । घट्नाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*