Home / Feature Breaking news / श्रमिक अधिकारसँगै विकासका लागि कांग्रेस : सभापति डाँगी

श्रमिक अधिकारसँगै विकासका लागि कांग्रेस : सभापति डाँगी

नारायण नेपाल
दाङ,१८ बैशाख । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले श्रमिक अधिकार संरक्षणसँगै देशको आर्थिक समृद्धिका लागि स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बिजयी हुनुपर्ने बताएका छन ।

१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अबसरमा नेपाल ट्रेड युनियन कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला सभापति डाँगीले २००७ सालदेखि मजदुरसँगै भुमिहिन,सुकुम्वासीलगायतलाई संगठित गर्दै अधिकारका लागि लड्ने पार्टी कांग्रेस भएको बताएका हुन । तर पछिल्लो समय कांग्रेससँग बहुमत प्राप्त नहुँदा मजदुर,सुकम्वासी, भूमिहिनका लागि थप अधिकारी दिलाउन नसकिएको भन्दै स्थानीय चुनावमा कांग्रेससहितका गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले मजदुरका हक अधिकार सरक्षणका लागि लड्ने पार्टी नेपाली कांग्रेस देशको सवैभन्दा पुरानो पार्टी भएको बताए । नेपाली कांग्र्ेसकै कारण मजदुरहरुले संगठित र व्यवस्थीत हुने अधिकारका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) धारा ८७ लागुगर्नका लागि हस्ताक्षर गरेपनि कार्यान्वयनका लागि पहल नगरेको भन्दै उक्त धारा लागु गर्नका लागि संसदबाट पारित गर्न माग गरेका हुन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले मजुदरहरुको श्रमका कारण देशको आर्थिक समृद्धि भएपनि मजदुरलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार सम्मान जनक नभएको बताएका थिए । साथै उनीहरुले मजदुररुलाई ८ घण्टा काम लगाउनुपर्ने, मजदुरहरुको पेशागत अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका मागहरु कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका लुम्बिनी प्रदेशका नेता युवराज बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल टे«ड युनियन तुलसीपुर उपमहानगरपालिका समितिका लिलाधर खड्का र घोराही उपमहानगरपालिका अध्यक्ष जंगबहादुर जिसीलाई सम्मान गरेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस दाङका अध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव श्रीधर शर्माले गरेका थिए । नेपाली कांग्रेस दाङको पार्टी कार्यालयबाट सुरु भएको ¥याली बजार परिक्रममा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*