Home / Feature Breaking news / हराउँदै लहरे र काठेपिङ

हराउँदै लहरे र काठेपिङ

तुलसीपुर, २१ असोज

चाडपर्वमा गाँउ घरमा  पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ ।  जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । दशै तिहारमा पिङ खेल्ले र रमाइलो गर्ने चलन थियो ।

हिजोआज भने आधुनिक जीवनशैलीसँगै पिङ हाल्ने र खेल्ने  संस्कृति विस्तारै हराउँदै गएका छन् । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको कारण पनि लोप हुदै गएको छ ।

पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । ‘पहिले पहिले टोल टोल र हरेक सार्वजनिक स्थानमा पिङ हाल्ने चलन थियो आज भोलि भने पिङमा भन्दा अन्य कुरामा युवा युवतिहरु रमाउने गरेका –स्थानीय थलबहादुर वलीले भने ।

उनका अनुसार विगतमा तीज तथा दशँैतिहारमा हाल्ने गरेका पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् ।‘युवाहरु भेला हुने लहरे र काठे पिङ हाल्ने पहिले पहिले चलन थियो दशैमा टिका लगायर पिङ खेल्ने र परम्परागत नाँच गान गर्ने चलन थियो तर हाल त्यो संस्कृति लोप भएको छ –स्थानीय सीता केसीले भनिन् ।  पछिल्लो पुस्ता त काठेपिङसमेत देख्न पाएनन् ।

हाल तिजमा कहि कतै पिङ हाले पनि दशँै र तिहामा भने पिङ राख्ने प्रचलन हराएको छ । विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा छ ।

पिङ खेल्ने रहर धेरै छ, आफू मात्र भएर भएन, रहर भएर मात्र के गर्नू, पिङ हाल्ने जनशक्तिसमेत गाउँमा पाउन छाडिसके –तुलसीपुर २ का शालिकराम गौतमले भने । उनले तिजमा भने लहरे पिङ हालेर महिला दिदि वहिनिहरु र बालबालिकाहरुले रमाइलो गर्ने गरेको बताए ।

जिल्लाका कहि कतै दुई चार स्थानमा लहरे पिङ हालेपनि काठेपिङ भने लोप भई सकेको छ । प्राप्त रुपमा बनमा काठकाटन नदिदा पनि काठेपिङ हाल्ने संस्कृति हराएको युवा घनस्याम वलीले बताए ।

पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो । दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन ।

नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृतिको लोप भएको ८० बर्षिय दलबहादुर वलीले वताए । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने जनशक्ति भने गाउँमा पाउन छोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*