Home / Feature Breaking news / अभावै अभावले स्कुल चलाउनै समस्या

अभावै अभावले स्कुल चलाउनै समस्या

अमरराज आचार्य
दाङ, २१ असोज
जिल्लाका अधिकास विद्यालयमा अभावै अभाव छ । विशेष गरेर दरवन्दी नपाएका विद्यालयहरुमा धेरै समस्या छ । विद्यालयमा विषयगत शिक्षकको अभाव र शैक्षिक सामाग्री र पुर्वाधार लगायतको अभाव भएको विद्यालयलहरुले जनाएका छन् ।

आर्दश रात्री आधारभुत विद्यालय (निमावि) गोवडियाका प्रधानाध्यापक खगेश्वर शर्माले दरवन्दी न आउदा विद्यालय सञ्चालन गर्ने समस्या भएको बताए । उनका अनुसार गत वर्ष सम्म पिसी एफको रकम आए पनि यस वर्ष देखि त्यस प्रकारको रकम नआएपछि समस्या भएको हो ।
विद्यालय अभिभावको भरमा नै सञ्चालन भएको छ ।

विद्यालयमा निमाविको दर वन्दी शुन्य छ । निमावि सञ्चालनकालागि विद्यालयले निजी स्रोतमा शिक्षक राखेर सञ्चालन गरेको प्रअ शर्माले बताए । उनका अनुसार निजी स्रोतका शिक्षकलाई मासिक ५० हजार खर्च हुन्छ । विद्यालयले निजी स्रोतमा ५ जना शिक्षक राखेको छ ।

जुन रकम अभिभावक तथा अन्य दाताहरुसंग लिने गरिएको छ । ‘समस्याका वारेमा अभिभावकलाई जानकारी गराएर उहाहरुको सहयोगमा नै विद्यालय सञ्चालन गरेका छौ । विद्यालयको आफनो आम्दानीको स्रोत अरु केही छैन’ उनले भने । उक्त विद्यालयमा ६, ७ र ८ मा गरी २ सय विद्यार्थीहरु छन् ।
विद्यालयमा निमाविको दरवन्दी नआउदा सम्म कसरी विद्यालय सञ्चालन गर्ने वारेमा विद्यालयलाई समस्या भएको छ । विद्यालयमा दरवन्दी नहुदा विद्यालय कसरी चलाउने भन्ने समस्या रहेको वसन्तलघली प्रावि ज्यामीरे का प्रअ खिमा गाहाले बताईन ।

उनले भनिन ‘ खै कसरी विद्यालय कसरी सञ्चालन गर्ने हो । पि सी एफ रकम आउदा केही सहज भए पनि त्यो रकम नआउने भए पछि कसरी विद्यालय सञ्चालन गर्ने भन्ने अन्यौल छ ।’ पहिले सामुदायिक वन, तथा गाविसहरुले समेत सहयोग गरेका थिए अहिले उनीहरुले समेत सहयोग गर्ने छोडेको उनको भनाई छ ।

उनले भनिन‘ सेवाको हिसावले काम गरी रहेका छौ’ सामुदायिक वनको आम्दानीको स्रोत पनि छैन । गाविस पनि अहिले गाउँ पालिका भइसकेको छ । कक्षा ३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा हाल ४ जना स्टाप छन् । विद्यालयको आफनै आम्दानीको स्रोत समेत छैन । विद्यालयमा दरवन्दी नहुदा शिक्षाको गुणस्तरमा समेत प्रभाव परेको जिल्ला शिक्षा कार्यालय दाङले बताएको छ ।

विद्यालयमा दरवन्दी नहुदा विद्यालयहरुले विद्यार्थीहरुवाट समेत सहयोग शुल्क लिने गरेको कार्यालयको भनाई छ । जुन राज्यको नियम विपरीत हो । ‘राज्यले माध्यमिक तह सम्म नि शुल्क शिक्षा भनेको छ तर विद्यालयहरुले सहयोग शुल्कको नाममा शुल्क लिएका छन, यो नियम विपरीत हो ।’ जिल्ल शिक्षा अधिकारी रमेश मैनालीले भने ।

सहयोग शुल्क अभिभावको इच्छाले लिनु पर्ने भएपनि अधिकांश विद्यालय सञ्चालनको लागि लिनु पर्ने बाध्यतामा छन् । उनले निजि स्रोतमा राखिने शिक्षक राख्दा शिक्षक पुरा टाइम नवस्ने समस्या हुने समेत बताए ।

विद्यालयमा केही समय दिएर अन्य क्षेत्रमा पनि रोजगारीकोलागि जान सक्छन् । त्यसै गरेर उसले पढाइमा समेत दरवन्दीको शिक्षक जस्तो जिम्मेवारी वहन नगर्ने सक्ने शिक्षा अधिकारी मैनालीले वताए । जिल्लामा दरवन्दी मिलान आवश्यक भएपनि अझै पुरा हुन सकेको छैन ।‘ कतै शिक्षक धेरै हुने कतै नपुग्ने अवस्था छ’ उनले भने ‘ जहा विद्यार्थी त्यही शिक्षक हुनु पर्छ । तर त्यो हुन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*