Home / Feature Breaking news / हार्न नजानेका लोकप्रीय युवा नेता दिपक पाण्डे

हार्न नजानेका लोकप्रीय युवा नेता दिपक पाण्डे

नारायणपुर, २७ बैशाख

नेपाली कांग्रेसका युवा नेता हुन् दिपक पाण्डे । नेविसंघको राजनितिबाट लोकप्रीय नेताको रुपमा छवि बनाएका पाण्डे बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरुको गठबन्धनको तर्फबाट  घोराही उपमहानगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष साझा उमेद्वार बन्नुभएको छ ।

वि.स २०४८ बाट मावि निघुवारबाट नेविसंघको सभापति भएर राजनिति सुरु गर्नुभएका पाण्डे २०५१ म महेन्द्र क्याम्पस घोराहीको नेविसंघ ईकाइ सदस्य हुनुभएको थियो । २०५५ सालमा पाटन क्याम्पसको नेविसंघ ईकाईको सदस्य भएर काम गर्नुभएका पाण्डे २०५९ सालमा नेविसंघ दाङको सचिवको जिम्मेवारी पाउनुभयो ।

२०६२ सालमा पनि नेविसंघ दाङको सचिव भएर दोस्रो कार्यकाल सफलतापूर्वक पुरा गर्नुभएका पाण्डेले विद्यार्थीमाझ लोकप्रीय हुनुभयो । उहाँको नेविसंघ सचिव भएर गरेको काममो मुल्यांकन गर्दै २०६४ सालमा नेविसंघ दाङको सभापतिको जिम्मेवारी पाउनुभयो ।

नेविसंघको राजनितिसँगै २०६६ सालमा नेपाली कांग्रेस नारायणपुर गाविसको सभापति भएर पार्टिको राजनिति सुरु गर्नुभएका पाण्डेले पार्टिको संगठनलाई बलियो बनाउनकालागी सधै लागिपर्नुभयो । नारायणपुर, ढिकपुर र हापुर गाविस समायोजन गरेर बनेको त्रिपुर नगरपालिकाको पनि २०७२ सालमा सभापति बनेर काम गर्नुभयो ।

नेता भन्दा पनि कार्यकर्ताहरुसँग काम गर्न रमाउने पाण्डेले नेपाली कांग्रेस त्रिपुरको संगठनलाई क्रियाशील र बलियो बनाउनुभयो । १४ औँ महाधिवेनमा महाधिवेशन प्रतिनिधीमा बिजयी हुनुभएका पाण्डे विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ।

बैशाख ३० गते हुने निर्वाचनमा उमेद्वार बन्नुभएका पाण्डेले बिजय भएमा वडाको मुहार फेर्ने योजनाका साथ अगाडी बढ्नुभएको छ । निर्वाचनको क्रममा घरदैलोमा रहनुभएका पाण्डेलाई तपाईको चुनावी एजेण्डा के के हुन ? जितेमा के गर्नुहुन्छ भनेर सोध्दा छोटोमा उत्तर दिनुभयो– ‘यो गर्छु त्यो गर्छु भनेर धेरै व्याख्या गर्नुभन्दा पनि वडाबासीका अत्यावश्यकीय आवश्यकता के हो त्यसैमा फोकस हुनेछु । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासमा नै केन्द्रित रहेर काम गर्नेछु । वडाबासीहरुको सल्लाह लिएर काम गर्नेछु । यही नै मेरा एजेण्डा हुन् ।’

पाण्डेको राजनितिक ईतिहास हेर्ने हो भने कुनै पनि निर्वाचनमा हार बेहोर्नुपरेको छैन । कार्यकर्तामाझ लोकप्रीय पाण्डे हालसम्मको निर्वाचनमा पराजित नभएको बताउनुहुन्छ । ‘सबैको मायाले सबैको सहयोगले आजसम्मको निर्वाचनमा पराजित हुनुपरेको छैन’ उहाँले भन्नुभयो– ‘यो पटकको निर्वाचनमा पनि घोराही १० का वडाबासीहरुले साथ सहयोग र माया लामो समयदेखी पाईरहेको छु । यो निर्वाचनमा मलाई मत दिएर वडाबासी आदरणीय सम्पूर्णले बिजयी बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*