Home / Feature Breaking news / हिंसापीडितको बासुदेवीकाे सहारा ‘हाते ट्याक्टर’

हिंसापीडितको बासुदेवीकाे सहारा ‘हाते ट्याक्टर’

देवेन्द्र बस्नेत
दाङ, ९ साउन
दुईबर्ष अघि गाउँका एक छिमेकीले आत्म हत्या गरे । ति छिमेकीको आत्महत्याको कारण बनिन् स्थानीय बासुदेवी चौधरी । उनलाई आत्म हत्या गरिएका ब्यक्तिसँंग नाजायज सम्वन्ध रहेको आरोप लगाईयो । गाउँलेहरु यतिमै सिमित रहेनन् । बासुदेवीलाई बोक्सीको आरोपमा कपाल मुण्डनै गरेर गाउँ घुमाईयो ।
त्यो घटनामा स्थानीय ६ महिला समातिए । गाउँलेहरुको क्रुरताका कारण बासुदेवी विस्थापितै बनिन् । स्थानीय प्रशासनले उनलाई पुनःस्थापना ग¥यो । दुई बर्ष अघि लागेको बोक्सी आरोप मेटिएला भन्ने आश बासुदेवीलाई थियो । तर समाज भैदिएन । उनलाई गाउँलेहरुले एक्लोको एक्लै बनाए । ‘मलाई अपहेलित नजरलेनै हेर्ने गरियो’ उनले भनिन्– ‘तर म समाजको नजरमा सकारात्मक बन्न सकिन,मलाई देख्नासाथ मुन्टो बटारेर हिँड्छन् ।’
एकातिर यो पीडा, अर्कोतिर गरिबी ।basudevi1

मनमा नानाथरी कुरा खेल्न थाले । मजदुरी गर्ने उनका श्रीमानको जोहोले घरबार चलाउनै सकस । उनले सोचिन, यसको विकल्प भनेको कुनै न कुनै व्यवसायमा संलग्न हुनै पर्छ । अन्ततः उनले आँफू पीडित बन्दाखेरी मह्लम बन्न खोजेकाहरुलाई गुहारिन् र कृषि उद्यममा लागेकी छन् । ‘मलाई घर बाहिर पनि निस्कन मन नलाग्ने,केहि काम गरौँ भनेपनि समाजले नपत्याउने हेला गर्ने,’ उनले सुनाईन्– ‘अनि आँफ्नै केहि व्यवसाय गर्नुपर्छ भन्ने सोँच पलायो ।’ अन्ततः उनि अहिले हाते ट्याक्टर चलाएर आत्म निर्भरताको बाटोमा लागेकी छन् । ‘अब मलाई कसैको अगाडी झुक्नु पर्दैन भन्ने ठूलो आशा पलाएको छ,’उनले भनिन् ‘यहि ट्याक्टरको सहारामा जीवन चलाउने सपना देखेकी छु ।’ उनि ट्याक्टर चलाउन बानी परिसकेकी छैनन् । श्रीमानले सिकाईरहेका छन् । ‘अब खेतवारी जोतेर खेती किसानीबाटै पैसा कमाउने योजना बनाएकी छु,’उनले भनिन् ‘भाडामा अर्काको बारी जोत्ने र पैसा कमाउने सोचेकी छु ।’

बारी जोत्ने हाते ट्याक्टरको व्यवसाय सुरु गरेकी बासुदेवीलाई अब दुईबर्षको घाउ मेटिने आशा पलाएको छ । ‘केहि काम नगरेपछि पनि मनमा अनेक कुराहरु खेलदा रैछन्,’उनले भनिन् ‘अब काममा व्यस्त हुन्छु, यो ट्याक्टर घाउमा मल्हम बनिदिएको छ ।’ ट्याक्टरबाटै सकेजति बारी जोत्ने र आर्थिक अवस्था बलियो पार्ने सपना बासुदेवीले देखेकी छन् । उनले थपिन् ‘मलाई बारी जोत्नका लागि जहाँ बोलाएपनि जान्छु, अब मैले काम पाएँ, काममा कहिल्यै अल्छि बन्दैन ।’ उनले प्रतिघण्टा ६ सयका दरले खेतबारी जोत्ने वताईन् ।

उनले कृषि उद्यममा चासो राखेपछि उनलाई विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरुले आर्थिक सहयोग गरेका थिए । १ लाख ६५ हजार रुपैयाँ सहयोगमा बासुदेवीलाई जोत्ने हाते ट्याक्टर दिलाईएको हो । आर्थिक अवस्था कमजोर तथा विगतको घटनाले समाजमा घुलमिल हुन नसकेपछि कृषि बिकास कार्यालयले उक्त ट्याक्टरको मुल्य मध्य आधा रकम उपलब्ध गराएको थियो । ‘बासुदेवीमाथि घटना भए देखि नै मैले उहाँको अवस्था हेरिरहेको थिएँ,’ राप्ती उपक्षेत्रीय अस्पतालमामा रहेको अस्पतालमा आधारीत लैंगिक हिँसा सम्वन्धी एकद्धार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन राधा पौडेलले भनिन् ‘उहाँले जोत्ने ट्याक्टरका लागि माग गरेपछि पहल गरेका हौँ ।’

यसैगरि ट्याक्टरका लागि लमही नगरपालिकाले पनि सहयोग जुटाईदिएको थियो । महिला बिकास कार्यालय संगै महिला अधिकारका लागि जिल्लामा कृयासिल अन्य संघसंगठनहरुले समेत ट्याक्टर दिलाउन सहयोग गरेका थिए । ‘उहाँको मनमा लागेको घाउ मेटियोस् र आर्थिक अवस्था पनि केहि सुध्रियोस् भनेर उहँलाई सबै मिलेर सहयोग गरिएको हो,’राधाले भनिन् ‘ट्याक्टर पाएपछि उहाँमा पनि धेरै उर्जा मिलेको छ ।’ आफ्नो नाममा जग्गा जमिन नभएको बासुदेवीको परिवार ऐलानी जमिनमै आश्रित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*