Home / Feature Breaking news / रनबहादुरको शव परिवारले बुझ्यो, दाहासंस्कार गरिदै

रनबहादुरको शव परिवारले बुझ्यो, दाहासंस्कार गरिदै

घोराही, १० साउन
अपहरणपछि हत्या गरिएका निर्माण व्यवसायी रणबहादुर घर्तिको शव परिवारले आज बुझेका छन् । जेठ २६ गते पक्राउ परेर ३ दिनपछी हत्या गरिएका घर्तिको परिवारले जिल्ला प्रशासन कार्यालय र घोराी उपमहानगरपालिकाको प्रतिवद्धता पछि शव बुझेका हुन् ।

प्रमुख जिल्ला अधिकारी दिपकबहादुर श्रेष्ठ र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले परिवारलाई रोजगारी, छोराहरुलाई गुणस्तरिय शिक्षाको व्यवश्था गर्ने र परिवारलाई क्षतिपूर्तिकालागी सरकारसँग पहल गर्ने प्रतिवद्धता गरेपछि परिवारले शव बुझेका हुन् । सोमवार जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, नागरिक समाज, संवाद समुह सहित परिवारको विचमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी र घोराही उपमहानगरपालिकाका प्रमुखले परिवारलाई रोजगारी, छोराहरुलाई गुणस्तरिय शिक्षाको व्यवश्था गर्ने र परिवारलाई क्षतिपूर्तिकालागी सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएपछि शव बुझेका रणबहादुरका दाई गनबहादुर घर्तिले जानकारी दिनुभयो । परिवारले दिउसो करिब साढे ३ बजे राप्ती उपक्षेत्रीय अस्पताल घोराहीबाट दाहासस्कारकालागी लगेका हुन् । रणबहादुरको हापुर विजौरीमा रहेको सतिघाटमा दाहासंस्कार गरिदै छ ।
तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुरको पनि हत्या गरिएको थियो । काम विशेषले रुकुम जादै गरेका रणबहादुर राजकुमार श्रेष्ठलाई अपहरण गरेको पोल खुल्ने डरले अपहरणमा परेका थिए । जेठ २६ गते अपहरण भएका रणबहादुरको ३ दिनपछि अपहरणकारीहरुले हत्या गरेको प्रहरीले बताएको छ । घर्तिको शव सल्यानको झिम्पे जंगलमा एक महिना पछि असार २८ गते भेटिएको थियो । परिवारले शव वुझेका छैन भने प्रहरीमा जाहेरी पनि दिएको छैन । उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखीएको छ ।
प्रहरीले रणबहादुर समेत अपहरणकारीको समुहका सदस्य रहेको हुनसक्ने बताएको भएपनि घर्तीको हत्या र पक्राउ परेका हत्याराको बयानबाट घर्ती निर्दोस भएको बताएको छ । प्रहरीले अहिलेसम्म राजकुमार श्रेष्ठ तथा रन बहादुर घर्तीको अपहरण तथा हत्यामा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*