Home / Feature Breaking news / अपराधिक घटना बढे, ८ सय मुद्धा प्रहरीमा दर्ता

अपराधिक घटना बढे, ८ सय मुद्धा प्रहरीमा दर्ता

विमला घर्ती
घोराही, १० साउन
दाङ जिल्लामा अपराधका घटनाहरु बढ्दै गएको पाइएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा करिव तीन सयवटा बढी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७३÷०७४ मा करिव आठ सय अपराधिक घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा विभिन्न प्रकृतिका अपराधका पाँच सय ७८ घटनाका मुद्धा दर्ता भएका थिए भने २०७२÷०७३ मा पाँच सय ३९ वटा घटना दर्ता भएका थिए । यो संख्या गत आर्थिक बर्षमा भने बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा आठ सय अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

एक वर्षमा भएका घटनामध्य सबैभन्दा धेरै सार्वजनिक अपराध तर्फका घटना रहेका छन् । गत एक बर्ष सार्वजनिक अपराधका दुई सय पाँच वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सामान्य किसिमका झैझगडा, कुटपिटलगायतका घटनाहरु पर्ने गर्दछन् । यस्तै विष सेवन गरी आत्महत्या गर्नेहरुको संख्या पनि धेरै रहेको छ । गत बर्ष ७६ वटा बिष सेवन गरी आत्महत्या सम्बन्धीका घटना छन् । पछिल्लो समय प्रहरीको सक्रियता बढी भएका कारण घटनाहरु सार्वजनिक हुने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालयका निमीक्त प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । यस्ता अपराधका घटना न्यूनीकरण गर्न नागरिक सचेतना आवश्यक भएको डिएसपी तिवारीको भनाई छ ।

जिल्लामा भएका आठ सय अपराधका घटनामध्ये चार सय २६ मद्दा फच्र्छौट भएका छन् भने तीन सय ७४ बाँकी रहेको छ । भर्खरै सकिएको आर्थिक बर्षमा कर्तव्य ज्यान सम्बन्धी २१ वटा मुद्दाको दर्ता भएका थिए । जसमा १६ मुद्दाको टुंगो लागेको छ भने पाँच वटा बाँकी रहेका छन् । डिएसपी तिवारीका अनुसार सवारी ज्यान सम्बन्धी घटना पनि जिल्लामा बढी भएको पाइएको छ । जसमा जिल्ला प्रहरी कार्यालयमा ६२ मुद्दा दर्ता भएका थिए । ५९ मुद्दाको टुंगो लागेको छ भने तीन बाँकी रहेका छन् । भवितव्य ज्यान सम्बन्धी ७४ मुद्दा रहेकोमा सबै बाँकी रहेका छन् । फुटकर ज्यान सम्बन्धी ४६ मुद्दा दर्ता भएकोमा सुनुवाई हुन बाँकी रहेका छन् । यस्तै करिव आठ वटा बेवारिसे शव फेला परेका थिए ।

गत आर्थिक बर्षमा दाङमा कालो बजारीको एउटा घटना भएको थियो । यसैगरी विष सेवन गरी ७६ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ भने हाम फालेर एक जनाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा रहेको छ । यस्तै एक वर्षमा झुण्डीएर एक सय १९ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै ज्यान मार्ने उद्योगका १८ वटा मुद्दा दर्ता भएका थिए । जसमा १६ मुद्दाको सुनुवाई भएको छ भने दुई बाँकी रहेको छ ।

यस्तै जबरजस्ती करणीका मुद्दा जिल्लामा धेरै भएको प्रहरीसँग तंथ्यांक रहेको छ । छन् । जवरजस्ती करणीका ३२ मुद्दा दर्ता भएका थिए । दर्ता भएका मुद्दामध्ये ३० वटा फच्र्छौट तथा दुई बाँकी रहेका जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कमा उल्लेख गरिएको छ । मानव बेचबिखन तथा ओसारपसारको एक मुद्दा दर्ता भएको थियो ।

गत आर्थिक वर्ष जिल्लामा चोरीका १७ वटा घटना भएका थिए । डाँका चोरी सम्बन्धी दुई वटा घटना भएको डिएसपी तिवारीले जानकारी दिनुभयो । जिउ मास्ने बेच्ने सम्बन्धी एउटा मुद्दा दर्ता भएको थियो । सार्वजनिक अपराधका दुई सय पाँच मुद्दा दर्ता भएको थियो । जसमा चार मुद्दाको टुंगो लाग्न बाँकी रहेको छ ।

आगलागिका चार, हातहतियार तथा खरखजनाका ११, ठगीका चार, किर्तेका एक, सरकारी कागज किर्तेको एक, लागुऔषधका १७, जुवाका २०, बहुविवाहका पाँच वटा मुद्दा दर्ताभएको थियो । यसैगरी गौवध, बदनियत दुरसंचार प्रणालीका एक–एक मुद्दा दर्ता भएका थिए । अप्राकृतिक मौथुनका तीन, सवारी भवितव्य ज्यानका १२, बिष खुवाई कर्तव्य ज्यान, प्राचिन स्मारक, गाली, मृत्यू जस्ता घटना पनि एक–एक वटा मुद्दा दर्ता भएका थिए । जिल्लामा संगठित अपराधका तीन वटा मुद्दा दर्ता भएका थिए जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*