Home / Feature Breaking news / किसानलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

किसानलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

तुलसीपुर, ६ कार्तिक । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले अबिरल बर्षातले पु¥याएको क्षतिमा किसानलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन माग गरेको छ । बर्षातका कारण हजारौँ किसानले लगाएको धानबालीमा ठूलो क्षति पुगेकोमा दुःख व्यक्त गर्दै कांग्रेसले क्षतिको विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

तुलसीपुर नगर सभापति सुरेश हमालले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पीडित किसानको हौसला बढाउन तीनै तहका सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । केही दिनदेखि परेको अबिरल बर्षाका कारण खेतमै काटेको धानबाली भित्र्याउने समयमा चौपट भएपछि किसान ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै नगर सभापति हमालले त्यस्तो माग गरेका छन् । किसानको पीडामा साथ दिन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरिएको छ । विज्ञप्तिमा असारको दुःख बिर्सिएर मंसिरमा रमाउने किसानका खुसीहरु प्रकृतिले लुटेको समयमा तत्काल क्षतिपूर्ति र राहत प्याकेज ल्याउन तीनै तहका सरकारसँग माग गरिएको छ ।

यसैबीच किसानलाई राहत उपलब्ध गराउन माग राख्दै नेपाल कांग्रेस लमही नगर समितिले लमही नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । खेतमा काटेर राखेको धान आइतवार दिउँसोदेखिको निरन्तर वर्षासँगै आएको खोलाले बगाउँदा ठूलो नोक्सानी भएको छ । उक्त धानमा पुग्न गएको क्षतिको विवरण यथाशीघ्र संकलन गरी किसानलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै नेपाली कांग्रेस लमही नगरपालिका नगर समितिका नगर सभापति सन्तोष बुढाथोकीको हस्ताक्षरसहितको ज्ञापनपत्र शुक्रबार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यही कार्तिक १ गतेदेखि लगातार परेको अबिरल वर्षातका कारण किसानले लामो समय खर्चेर गरेर लगाएको बाली–नाली, तरकारी, फलफूल तथा भौतिक संरचना समेत नष्ट हुन गई यस नगरपालिकाभित्र ठूलो क्षति भएको देखिन आएकोले किसानहरु निकै मर्कामा परेको हाम्रो पार्टी नेपाली कांग्रेस लमही नगर समितिले महसुस गरेको छ । किसानहरुले विभिन्न बैंकबाट ऋण निकालेर लगाएको लगानी डुबेको छ ।

किसानहरुको मुख्य आम्दानीको स्रोत कृषि बाली नै नष्ट भएको अवस्थामा किसानहरुले कसरी बैंकको सावा र ब्याज बुझाउने सक्लान् ? मर्कामा परेका किसानहरुले वर्ष दिनलाई परिवा कसरी पाल्न र साहुको ऋण तिर्न लगाएको बालीनाली नष्ट भएको हुँदा यस्तो अवस्थामा राज्यलाई तिर्नुपर्ने कर, राजश्व कसरी तिर्लान् ? तसर्थ यस्तो दैविक विपत्तिको बेलामा मानव धर्मका हिसाबले पनि सहानुभूति हुनुपर्ने सबैको दायित्व हो भन्ने कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यथाशीघ्र लमही नगरपालिबाट समिति निर्माण गरी स्थलगत अध्ययन र अनुगमन गरी सत्य–तथ्य प्रमाणका आधारमा नगरपालिकाले पीडित किसानलाई राहत सहुलियत दिलाई कर प्रणालीमा समेत राहत दिइयोस् भन्ने माग गर्दै शुक्रवार नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापनपत्र बुझाइएको छ । यस्तै यस कार्यमा आवश्यक साथ र सहयोग नेपाली कांग्रेस नगर समितिको तर्फबाट सधैब रहने प्रतिबद्धता जनाएको छ ।

यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले किसानहरुको पीडा आफूलाई ध्यानाकर्षण भएको बताउँदै, बास्तविक क्षति भएको किसानहरुको विवरण संकलन गर्न फिल्डमा कर्मचारी खटाइएको बताए । नेपाली कांग्रेस लमही नगरपालिका नगर समितिका नगर सभापति सन्तोष बुढाथोकीले नगरपालिका प्रमुख कुलबहादुर केसीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*