Home / Feature Breaking news / निजामती कर्मचारी युनियन घोराहीको अध्यक्षमा गौतम

निजामती कर्मचारी युनियन घोराहीको अध्यक्षमा गौतम

दाङ,५ कार्तिक । नेपाल निजामती कर्मचारी युनियन घोराहीको अध्यक्षमा दिर्घराज गौतम चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन घोराही उपमहानगरपालिका स्तरीय प्रथम स्थानीय सभाले गौतमको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा डिल्ली आचार्य, उपाध्यक्ष समावेशीमा गीता आचार्य, सचिवमा माधव देवकोटा, कोषाध्यक्षमा लक्ष्मण अधिकारी रहेका छन् ।

भेलाले सदस्यहरुमा दिवाकर योगी, श्रीधर अधिकारी, सरस्वती रेग्मी, हरिबहादुर बुढाथोकी, शान्ता भण्डारी, ओमप्रकाश बस्नेत, भक्तबहादुर पोख्रेल, बिरबहादुर चौधरीलाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा प्रेम केसी, गुप्ता अधिकारी, तिलक पन्त, तुलसीराम गिरी र होमलाल भुसाल रहेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन घोराही उपमहानगरपालिका स्तरीय प्रथम स्थानीय सभाको उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले आस्था र विचारका आधारमा कर्मचारीहरुलाई विभेद नगर्न स्थानीय सरकारसँग आग्रह गरेका थिए ।

फरक आस्था र विचार राखेककै कारण लोकतन्त्रवादी कर्मचारीहरुमाथि विभेद हुने गरेको भन्दै त्यस्तो कार्यलाई आगामी दिनहरुमा रोक्न समेत आग्रह गरेका हुन । बक्ताहरुले नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुलाई जनताको सेवासँगै हकअधिकारलागि संगठीत भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल निजामती कर्मचारी युनियनका होमलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, नेपाली कांग्रेस क्षेत्र न २ का सभापति भुपबहादुर डागी, आधिकारिक ट्रेड युनियन कर्मचारी संघ दाङका अध्यक्ष दलबहादुर बस्नेत, नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष बामदेव शर्मा, घोराही उपमहानगरपालिका वडा न १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेलगायतले बोलेका थिए ।

श्रीधर अधिकारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण दिवाकर योगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*