घोराही, १५ फागुन
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रदर्शनीको स्वास्थ्य स्टलबाट निशुल्क स्वास्थ्य उपचार प्रदान गरिएको छ । स्टल नम्बर २ मा बि.एस डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक प्रा.लि र जय माता दि सेनेटरी उद्योग प्रा.लिको स्टलबाट नियमीत स्वास्थ्य उपचार प्रदान गरिएको आयोजक मूल समितिले जानकारी दिएका छ ।
प्रदर्शनीमा निशुल्क सेनेटरी प्याड, मास्क वितरण गरिएको छ भने निशुल्क प्रेसर, सुगर जाँच गरिन्छ । साथै औषधीहरु पनि निशुल्क रुपमा पदान भईरहेको आयोजक मूल समितिका संंयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको स्टलमा एमबिबिएस एमडी ईन्टरनेशनल मेडिसिन कन्सल्टेन्ट फिजिसीयन डा. प्रकाश सुवेदीबाट नियमीत चेकजाँच भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
चेकजाँच पश्चात आवश्यकता अनुसार आयोजकसँगको सहकार्यमा बि.एस डाइग्नोष्टिक एण्ड पोलिक्लिक प्रा.लिमा निशुल्क उपचार गरिने मजगैयाँले जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh