Home / Feature Breaking news / नेपालको युएईमाथि सानदार जित, युएई १४५ रनले पराजित

नेपालको युएईमाथि सानदार जित, युएई १४५ रनले पराजित

काठमाडौं, १२ माघ । नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बराबर गरेको छ।

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे। अर्को एक विकेट रन आउटबाट पाएको थियो।

यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट र कीर्तिमानी ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो।

नेपालका लागि रोहितले ५५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे।

कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१र२१ रन जोड्दा करण केसीले १८ रन बनाए।

सन्दीप लामिछाने १४ रनमा अविजित रहँदा दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए। ललित नारायण राजवंशी ३ रनमा अविजित रहे।

शुक्रबार पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले राम्रो सुरुवात दिलाए। पहिलो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरेका थिए।

बिनोद १६ औं ओभरमा अमिर हयातको बलमा क्याच आउट भए भने १९ औं ओभरमा मल्ललाई जहुर खानले क्याच आउट गराएसँगै दुबै ओपनर आउट भए।

त्यसपछि नेपालले लगातार विकेट गुमायो। १० रन बनाएका दिपेन्द्र सिंह ऐरि अस्फाक एहमदको बलमा एलबिडब्लुको धरापमा पर्दा पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफ ८ रनमै पवेलियन फर्किए। उनी इमरान हैदरको बलमा क्याच आउट भएका थिए।

त्यसपछि कप्तान पारस खड्का पनि हैदरकै बलमा एलबिडब्लुको धरापमा परे।

१५ ओभरमा ६१र१ मा रहेको नेपालले २९ ओभरमा ११३र५ को खराब स्थितिमा पुगेको थियो। नेपालका भरपर्दा ब्याट्मेन सस्तैमा आउट भएका थिए।

त्यसपछि नेपाली इनिङ्स रोहित पौडेल र आरिफ शेखले ८२ रनको साझेदारी गर्दै अघि बढाए। नेपालको योगफल २०० नजिक पुगेपछि आरिफलाई ४५ औं ओभरमा इमरान हैदरले एलबिडब्लु आउट पारे।

उनले ४९ बल खेल्दै २९ रन बनाएका थिए।

आरिफ आउट भए लगत्तै रोहित पौडेल पनि अर्धशतक पुरा गरेपछि आमिर हयातको बलमा क्याच आउट भए।

एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली ब्याट्सम्यान बनेका रोहित एक दिवसीय क्रिकेटमा अर्धसतक प्रहार गर्ने पहिलो कान्छा खेलाडीको कीर्तिमानसमेत बनाए।

रोहितले ५८ बल खेल्दै ७ चौकासहित ५५ रन बनाए। १६ वर्ष १४६ दिन अधिकारिक उमेर भएका रोहितले यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रहेको १६ वर्ष २१७ दिनको उमेरलाई उछिनेका छन्।

त्यसपछि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करन केसी १८ रन बनाएर आउट भए। त्यसपछि सोमपाल कामि २ रनमै आउट हुँदा नेपाल सम्मानजनक स्कोरमा पुगेको थियो।

अन्तिममा सन्दिप लामिछानेले २ चौका प्रहार गर्दै अविजित १४ तथा ललित राजबंशीले अविजित ३ रन बनाउँदै इनिंग समाप्ति गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*