Home / मनोरञ्जन / घाेराहीमा स्काेप म्यूजिक ईन्टिच्यूट सुरू

घाेराहीमा स्काेप म्यूजिक ईन्टिच्यूट सुरू

घाेराही, १२ माघ

घाेराहीमा नयाँ म्यूजिक ईन्टिच्यूट सञ्चालनमा अाएकाे छ । घाेराहीकाे नेपाल बैंक राेडमा स्काेप म्यूजिक ईन्टिच्यूट शनिवारदेखी सञ्चालनमा अाएकाे हाे ।
ईन्टिच्यूटकाे वरिष्ठ संगीतकार गाेविन्दराज श्रेष्ठले गर्नुभएकाे थियाे । ईन्टिच्यूटकाे उद्घाटन गर्दै श्रेष्ठले संगीत ईन्टिच्यूटले प्रतिभाकाे विकास गर्ने बताउनुभयाे । संगीतमा लगाशीलता र अभ्यास अावश्यक भएकाे उहाँकाे भनाई छ ।
जीवन संगीतमै वित्छ तर संगीतकाे उचित सम्मान हुन नसकेकाे पनि श्रेष्ठले बताउनुभयाे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले संगीत क्षेत्रमा दाङ अगाडि बढिरहेकाले यस्ता संगीत ईन्टिच्यूटले नयाँ कलाकार उत्पादन गर्न सहयाेग पुग्ने बताउनुभयाे । साथै उहाँले दाङमा रिकडिङ स्टुडीयाे अावश्यक रहेकाे पनि बताउनुभयाे ।

20190126_144552

कार्यक्रममा लक्ष्मी श्रेष्ठ, सुवर्ण श्रेष्ठ, राेशनी थापा, नवीन भारति, रजनी थापा, केशव रावत, सुशील गुप्ताले प्रस्तुति राख्नुभएकाे थियाे । साहित्यकार डा.लाेकराज पराजुलीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण गायक तथा संगीतकार केशव रावतले गर्नुभएकाे थियाे ।

ईन्टिच्यूट गायनकासाथै हार्माेनियम, गितार, ड्रमसेटका कक्षाहरू सञ्चालन हुने सञ्चालक सुवर्ण श्रेष्ठले जानकारी दिनुभयाे । विहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुने उहाँले बताउनुभयाे ।
ईन्टिच्यूटकाे प्रशिक्षकहरूमा सुवर्ण श्रेष्ठ, केशव रावत, राेशनी थापा लगायत रहनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*