Home / Feature Breaking news / कांग्रेसलाई जिस्काए राणा र राजाको ठाउँमा पुर्‍याउछौँः गगन थापा
फाईल फोटो

कांग्रेसलाई जिस्काए राणा र राजाको ठाउँमा पुर्‍याउछौँः गगन थापा

चितवन,१२ माघ । कांग्रेस नेता गगनकुमार थापाले नेपाली कांग्रेसलाई जिस्काए वर्तमान सरकारलाई राणा र राजाको स्थानमा पुर्‍याउने चेतावनी दिएका छन्। शनिबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसलाई जिस्काउनुपहिले इतिहास हेर्न आग्रह गर्दै पेलेर जान खोजे कडा जवाफ दिने चेतावनी दिएका हुन्।

अहिलेको सरकार अहंकारले भरिएको टिप्पणी गर्दै थापाले इतिहासकै सुवर्ण अवसर खेर जानसक्ने चिन्ता व्यक्त गरे। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गर्दा प्रधानमन्त्री ओली, सभामुखदेखि सबैले हारेको दाबी गरेका छन्। थापाले अहिलेको उपलव्धि गुमे विकासको ठूलो अवसर पनि गुम्ने खतरा रहेको उल्लेख गरे। नेपालमा अहिले विकास नभए राष्ट्रको आर्थिक अवस्था झनझन ओरालो लाग्ने बताउँदै थापाले भने अबको १५, २० वर्षमा देशलाई पनि बुढ्यौलीले चेप्छ, त्योभन्दा अघि नै उद्योगधन्दा खोलेर रोजगारी श्रृजना गरी युवा शक्तिलाई सही ठाउँमा परिचालन गरी राष्ट्रको ढुकुटी भर्नुपर्छ।

ठुलो लडाइँ लडेर प्राप्त भएको उपलव्धिका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको थापाले बताए। उनले भने, ुसंघीयता राम्रो हो लोकतन्त्र राम्रो हो तर यसलाई चलाउन विशेष क्षमता आवश्यक पर्छ, वर्तमान नेतृत्वमा त्यो देखिँदैन।

अहिलेको उपलव्धि जोगाउन पार्टी एकढिक्का हुनपर्नेमा जोड दिँदै थापाले भने, कोही धर्मका नाममा राजनीति गर्न आएका छन्, कोही जातीको नाममा राजनीति गर्न चाहान्छन् तर पार्टिको सवै भन्दा प्राथमिकताको काम भनेको अहिलेको व्यवस्थालाई जोगाउँदै समृद्ध मुलुक निर्माण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*